Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
मसुरिया
घनश्याम पाैडेल
२०७९ साउन ०३ गते मङ्गलबार

गौरीगंगामा माटो परिक्षण गरि माटो सुहाउँदो उत्पादन गर्न कृषकलाई प्रोत्साहन गरिने

कैलाली, गौरीगंगा नगरपालिकामा व्यवसाय सेवा प्रदायक संजाल निर्माण अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ । वल्ड भिजन इन्टरनेशनलको साझेदारीमा दिगो विकास समाज भजनी कैलालीको आर्थिक पुनस्र्थापना परियोजना अन्तर्गत गोष्ठी गरिएको थियो ।

दिगो विकास समाजका सह सचिव धनीराम राजीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गौरीगंगा नगरपालिका नगर प्रमुख देविदत्त कडेल कृषि उपजको उत्पादन लागत बढ्दो तर भण्डारण, ढुवानी र बजार मुल्य सँगको प्रतिस्पर्धाको आधारमा किसान समस्यामा रहेको बताए ।

राज्यबाट कृषिको बजार सुनिश्चिततामा सहयोग र प्रोत्साहन हुन नसकिरहेको भन्दै कडेलले गौरीगंगा नगरपालिकाका सम्पुर्ण वडाहरुमा माटोको परिक्षण गरि माटो सुहाउँदो उत्पादन गर्ने बाताबरण सृजना गर्ने योजनामा रहेको बताएका छन् ।

कृषक, समुह, सहकारी संस्था तथा टोल बस्तीमा कृृषि प्राविधिक परिचालन गरेर एक गाउँ एक उत्पादन कार्यक्रम गर्न माटो उपयुक्त खेती गर्न र स्थानीय बजार तथा बाह्य क्षेत्रमा बजारिकरण गर्न सहयोग गर्ने बताएका छन् ।
कार्यक्रमका सहभागीहरुले राज्य र नगरपालिकाले कृषक लक्षित कार्यक्रम र योजना बनाउन नसक्दा व्यावसायिक रूपमा कृषि उपजको उत्पादन र बजारको सुनिश्चितता हुन नसकिरहेको बताएका थिए ।
कृषक, जनप्रतिनिधि, एग्रोभेट, ढुवानी कर्ता, व्यापारी सम्मिलित  नगरपालिका स्तरिय नेटवर्क बनाएर कृषि उपजको उत्पादन भण्डारण ढुवानी तथा बजारको सुनिश्चितता गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमको सञ्चालन दिगो विकास समाजका फिल्ड सहजकर्ता मुकेश चौधरीले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>