Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०५ गते शनिबार

कंचनपुर समेत देशभर तास खेलिरहेका ३२ जना पक्राउ ।

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् ।  यता कञ्चनपुरको भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा  दानी समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । 

डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाइन सप (होटल)मा जुवातास खेलिरहेको अवस्थामा सोही सपका सञ्चालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त सपमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यस्तै कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>