Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक १३ गते आइतबार

कञ्चनपुरको बेलौरी स्थित भारतीय सीमा नाकाबाट दुई जना युवतीहरूको उद्धार गरिएको छ । कञ्चनपुरकै बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुर घर भएका १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई शनिबार दिउँसो बेलौरी खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले जानकारी दिनुभयो ।

भारत जान लागेका एकैघरका दिदीबहिनीहरूलाई शङ्का लागी सोधपुछ गर्दा लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क टेलिफोन नम्बर थाहा नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको र अपरिचित व्यक्तिले भारतमा रोजगारीका लागि प्रेरित गरेकोले आफूहरू बेलौरी नाकाबाट भारत जान लागेको खुल्न आएपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उहाँहरूको उद्धार गरिएको बताइएको छ । 

उद्धार कार्यमा शान्ति पुनर्स्थापना गृहसँगै सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल र स्थानीय जनप्रतिनिधिको सहयाेगमा भएकाे छ । उद्धारपछि दुवै जनालाई शनिबार बेलौरी स्थित अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको र आइतबार बिहान उहाँहरूका बुवालाई बोलाई जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाएको छ । भारतसँग सीमा जोडिएका कञ्चनपुरका विभिन्न क्षेत्रमा शान्ति पुनर्स्थापना गृहले सम्पर्क कार्यालय स्थापना गरी मानव बेचबिखन रोकथाम र जनचेतना प्रवाहलाई प्राथमिकता दिएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका संयोजक सञ्जीत सिंहले बताउनु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>