Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
काठमाडौं
२०७९ कार्तिक १४ गते सोमबार

सन्दिप लामिछानेले अदालतमा शाररिक सम्बन्ध नराखेकाे बयान दिए ।

बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।

उक्त होटलमा पुगेपछि आफूले निजलाई ‘तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु’ भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिई गएको र आफू गाडी पार्किङ गर्न गएको सन्दीपले बयानमा उल्लेख गरेका छन् । ‘मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निजले कोठाको चाबी लिई पहिले नै कोठा नम्बर ४०७ मा गएकी रहिछन्, त्यसपछि म त्यही कोठामा गएँ,’ बयानमा सन्दीपले भनेका छन् ।

कोठामा एसी नचलेका कारण निज किशोरीले नै कोठा चेन्ज गर्न आग्रह गरेको र निजले भने अनुसार आफूले होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको सन्दीपको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>