Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १८ गते शुक्रबार

क्षेत्र ३(क) स्वतन्त्र उम्मेदवार थापाले भने, ‘मैले रगत बगाएको पार्टीका एमाले नेता कार्यकर्ताले मलाई भोट हाल्छन’

कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार लोक विक्रम थापाले आफुलाई एमाले नेता कार्यकर्ताहरुले सहयोग गर्ने बताएका छन । 

एमालेबाट समाजवादीका गएका थापाले समाजवादी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । ०३६सालदेखि राजनीतिमा होमिएका थापाले आफ्नो अढाई दशक लगानी एमाले कञ्चनपुर बनाउनुमै गएकाले अहिले एमालेबाट भरपुर सहयोग पाउने बताए । ‘मैले ०३६सादेखि ०७४सालसम्म निरन्तर एमालेको सिपाई भएर काम गरेको छु, ‘थापाले भने, ‘केही राजनीतिक उतार चढावर अहिले पाटीमा नभएपनि मेरा पनि थुप्रै नेता कार्यकर्ता एमालेमा साथि सहकर्मी छन । चुनावमा मलाई अवश्य सहयोग गर्ने विश्वास गरेको छु ।’

 कुनै विचार, सिद्धान्त नमिल्ने राप्रपासंग गठबन्धनबाट एमालेका नेता कार्यकर्ता आर्जित भएको बताउदै थापाले आफुले रगत चुहाएर काम गरेको पाटीका नेता कार्यकर्ताले अहिले खुलेरै सहयोग नगरेपनि पछि गर्ने दावि गरेका छन ।

 थापाले औद्योगिक क्षेत्रको विकास गर्दै रोजगारी, लगानी भित्र्राउने, महाकाली अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान बनाउने, मेघा स्टार्ट सिटी बनाउने लगायतका एजेण्डा अघि सारेका छन । वनघोडा चुनाव चिन्ह पाएका थापा बुद्धिजिवी एव औद्योगिक व्यवसायी क्षेत्रका नेताकै रुपमा चिनिन्छन । शुक्रबार महेन्द्रनगर खुला मञ्चमा आयोजित एमाले चुनावी सभामा समेत थापाले एमाले नेता कार्यकर्तासग मत मागिरहेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>