Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २१ गते सोमबार

मंशिर ४ का लागि समानुपातिक तर्फका मतपत्र कंचनपुर आईपुगे ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फका मतपत्रहरु जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा पुगेका छन्।

‘अहिले रुजु गर्ने कार्य भइरहेको छ, प्रत्यक्षतर्फको मतपत्र भने पुगिसकेको छैन्, केही दिनमै पुग्छन्,’ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद आर्यालले भने, ‘निर्वाचनको आवश्यक सबै तयारी पूरा भैसकेको छ।’ 

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन्। सबै पालिकामा मतदाता शिक्षाका कार्यक्रम समेत भइरहेको उनले बताए।

‘मत बदर नहोस् भनेर सबै पालिकामा मतदाता शिक्षा दिइरहेका छौं,’ उनले भने, ‘भर्चुअलमाध्यमबाट पनि मतदाता शिक्षा दिइरहेका छौं।’ निर्वाचन आचारसंहिता कार्यान्वयन गराउने कार्य पनि भइरहेको उनले बताए।

‘निर्वाचन आचारसंहिता उल्लंघन भएको एउटा उजुरी परेको छ, मौखिक रुपमा आएका गुनासाहरुलाई पनि सम्बोधन गर्ने गरेका छौं,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उल्लघंन गर्नेहरुलाई मौखिक तथा लिखित रुपमा स्पष्टीकरण सोध्ने गरेका छौं।’

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>