Samriddhipost
२०८१ मङि्सर १२ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ कार्तिक २२ गते मङ्गलबार

बृहत चौथो प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता सम्पन्न,  कैलारी गाउँपालिकाले जित्यो तेस्रोपटक भेट्रान फुटबलको उपाधी

सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को तेस्रो पटक उपाधी कैलारी गाउँपालिका कैलाली जितेको छ।

मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाको आयोजनामा संचालन भएको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधी महिला तर्फ मनकामना युवा क्लब , पुरुष तर्फ पिएफए स्पोर्ट्स क्लब अत्तरीया  र  भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिकाको कैलाली च्याम्पियन बनेका छन् ।

सोमबार भएको पुरुष फुटबलको फाइनलमा पिएफए स्पोर्ट्स क्लब अत्तरीया र नव: बुद्ध युवा क्लब बिच भएको थियो । जसमा १-० गोलको अन्तरले नव: बुद्ध युवा क्लब लाई पिएफए स्पोर्ट्स क्लबले हराउदै नगद रु १ लाख १ हजार, ट्रफी प्रमाण,मेडल हात हात पारेको छ। भने उपविजेता टिम नव:बुद्ध युवा क्लबले ५१ हजार १ सय ,ट्रफी प्रमाण,मेडलमा चित्तबुझाएको छ।

प्रतियोगिताको भेट्रान फुटबलको फाइनलमा मनकामना युवा क्लबले उपाधिका लागी डिफेन्डिङ च्याम्पियन कैलारी गाउँपालिकाको सामना गरेको थियो। जसमा मनकामना युवा क्लब लाई ०-५ गोलको अन्तरले मनकामना लाई हराउदै तेस्रो पटक उपाधी रक्षा गर्न चुकेको हो । मनकामना क्लबको फाइनलमा कैलारी गाउँपालिका संग हेट टू हेट यो तेस्रो चोटि भेट भएको हो। जसमा लगातार कैलारी गाउँपालिका फुटबल टिमले ह्याटि्रक संगै तेस्रो पटक उपाधी जित्न सफल भयो।  भेट्रान तर्फ विजेता कैलारी गाउँपालिकाले नगद रु  ७१ हजार र उपविजेता टिम मनकामना युवा क्लबले नगद रु. ३५ हजार ट्रफी, प्रमाणपत्र, मेडेल हात पारेको छ।

यसैगरी महिला तर्फको खेलमा मनकामना युवा क्लबले गौरीगंगा -११ क्लब लाई पेनाल्टी सुट आउटमा  ३-२ गोलको अन्तरले हराउदै  उपाधी हात पारेको हो। महिला समुह तर्फ विजेता टिम मनकामना युवा क्लबले  ५० हजार ,उपविजेता टिम गौरीगंगा -११ क्लबले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पारेको मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो।

खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि सुप प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ संचालन  भएको थियो। उक्त प्रतियोगिताको सोमबार कार्तिक २१ गते भब्यताका साथ सम्पन्न भएको छ।

प्रतियोगितामा १८ क्लबको सहभागिता रहेको छ। जसमा पुरुष युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी -११ , नव: बुद्ध युवा क्लब ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् । यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ। जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा -११ क्लबको सहभागिता रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>