Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २२ गते मङ्गलबार

आज चन्द्र ग्रहण, राषिहरुमा यस्ताे छ प्रभाव  ।

आज कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् कात्तिक २२ गते मङ्गलबारका दिन  'खग्रास चन्द्रग्रहण लाग्ने भएको छ वर्षौ पछिको यो खग्रास चन्द्रग्रहण नेपाल, भारत, जापान, चाइना सहित सम्पूर्ण एशिया, अस्ट्रेलिया, उत्तरी अमेरिका, दक्षिणी अमेरिका, अटलान्टिक, प्रशान्त महासागर, हिन्द महासागर सहित विश्वका अधिकांश ठाउँबाट देखिने ज्याेतिस मेखराज जाेशीले बताएका छन ।

हाम्रो देश नेपालमा नेपाली समय अनुसार साँझमा चन्द्रोदयसँगै ०५ बजेर११ मिनेटमा स्पर्श हुने र रातीको ६ बजेर ३४ मिनेट मोक्ष हुनेछ । ग्रहण अवधि १ घण्टा २३ मिनेटको हुनेछ । याे खग्रास चन्द्रग्रहण उत्तर तर्फबाट स्पर्श भई दक्षिण र नैऋत्य मा समाप्ति हुनेछ जाेशीले  बताएका छन। अन्य देशको ग्रहणको समय भने फरक हुनेछ ।

शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्व सूतक प्रारम्भ हुने, त्यसैले कात्तिक २२ गते बिहान ८/११ देखि नै बालक, वृद्धा, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू सबै विवेकशील प्राणीहरूलाई भोजन निषेध शात्रमा उल्लेख  गरिएको बताएका छन ।

ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भुट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमिखनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपमा निषेध हुन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्ता, कुश, चन्दन साथमा राखेरमात्रै घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा के गर्ने ?

ग्रहणको समयमा ग्रहण स्पर्शसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पुण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । आफ्नो जन्म कुण्डलीमा ग्रहण दोष परेको छ भने सूर्य, चन्द्रमा, राहु र केतु को जप गर्नु र आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यस ग्रहको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदिको लागि पनि पुण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ ग्रहणको पुण्यकालमा ब्रह्मचर्यको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ । ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन ।

 यस खण्डग्रास सूर्यग्रहण मनुष्य जीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभीत नभई ग्रहणलाई सम्यक रूपले सकारात्मक पक्षबाट लिन आवश्यक छ । ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्ता वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता रहेकाे  जाेशिकाे  भनाई  छ ।
यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक ऊर्जालाई रोक्न सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

यसपटकको खण्डग्रास सूर्यग्रहण भरणी नक्षत्रमा परेको हुनाले “ग्रहणनक्षत्रं षण्मासं पूर्णग्रासे वर्ज्यम् । पादादिग्रासे सार्धमासादितारतम्येन योज्यम्” (धर्मसिन्धुः) अनुसार ग्रहणको अवस्थाका आधारमा आउने छ महिनासम्म भरणी नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै भरणी नक्षत्रमा ग्रहणको योग परेरकाले विशेषगरी चित्रा नक्षत्रमा जन्म भएका, मेष राशि र मेष लग्न भएका जातकलाई बढी प्रतिकूल हुने देखिन्छ ।

ग्रहण फल:
यसपालि मेषादि बाह्र राशिको ग्रहण फल यसप्रकार
रहेको छ ।

मेष :घात हुने
वृष :खर्च बढ्ने
मिथुन : लाभ हुने  
कर्कट : सुख मिल्ने
सिंह : मानहानी हुने
कन्या: कष्ट हुने
तुला : स्त्रीपीडा हुने
बृश्चिक: सुखदायी हुने
धनु : चिन्ता बढ्ने
मकर : व्यथा बढ्ने
कुम्भ: श्री: प्राप्ति हुने
मीन : क्षति हुने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>