नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनामा केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको भन्दै आफ्ना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् ।
ओलीले एउटा पार्टीलाई आएको मत थ्रेसहोल्ड नकट्ने सत्ता गठबन्धनको अर्को पार्टीको मतमा जोड्नेजस्ता गलत कार्य हुनसक्ने भन्दै आफ्ना प्रतिनिधिलाई चनाखोर हन निर्देशन दिएका हुन्
“समानुपातिक मतगणना भइरहेको छ । सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य पनि हुनसक्छ,” ओलीले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिनिधिलाई भनेका छन्, “जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस् ।”
ओलीले मत परिणामको मुचुल्का प्रति आफूलाई पठाउन पनि भनेका छन् । “मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनुहुन अनुरोध गर्दछु,” उनी लेख्छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया