Samriddhipost
२०८३ असोज २५ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

खैराे हेराेईन सहित अटाे सवार ३ जना बेलाैरि बाट पक्राउ ।

कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागुऔषध खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार अपरान्ह ४ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरिक्षक शंकर कुँवरको कमाण्डमा खटीएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ७ कालोपुल स्थित सडक खण्डमा अटोमा सवार ३ जनालाई संका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको शुद्ध प्लाष्टिक रहित तौल गर्दा २.९१ ग्राम लागुऔषध खैरो हिरोईन बरामत गरि ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ०३ बस्ने ४६ वर्षिय कर्ण बि.क., मोरङको बिराटनगर उपमहानगरपालिका वडा नंम्बर ०६ जामुन गाछी घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नंम्बर ०२ अत्तरीया बजारमा होटलमा काम गर्ने ३३ वर्षिय राकेश कोईराला र कञ्चनपुरको कृष्णपुर गरपालिका वडा नंम्बर ०९ राजघाट बस्ने २४ वर्षिय अञ्जु भन्ने चन्द्रवती कपड्याल र उनिहरु सवार सु.प्र.प. ०१ ००१ ह २८१२ नम्बरको बजाज कम्पनिको अटो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक दानसिह भण्डारीले जानकारी दिनुभयो ।

बेलौरी तर्फ आउने क्रममा अटो रोकी शंका लागी चेकजाँच गर्ने क्रममा राकेश कोईरालाले वाँया हातमा लुकाई छिपाई राखेको शुद्ध प्लाष्टिक रहित तौल गर्दा २.९१ ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरी तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक भण्डारीले बताउनुभएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>