Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर १५ गते बिहिबार

सुदूरपश्चिम बाट प्रतक्ष जित्ने एक्लाे महिला उमेदवार रन्जिता ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका ११ महिलामध्ये एक जना महिला मात्रै निर्वाचित भएकी छन्। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरी कैलाली–१ बाट विजयी भएकी हुन् ।

उमेदवार भएका अन्य सबै महिला नेत्री पराजित भएका हुन्। प्रदेशभरिबाट जम्मा १३७ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये ११ जना उम्मेदवार महिला (८ प्रतिशत) थियो।

चाैधरिले १२ हजार ३२३ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्। विजयी चौधरीले ३० हजार ४०४ मत प्राप्त गरिन। पराजित चौधरीले १८ हजार ८१ मत पाईन।

निर्वाचनका लागि नेकपा (एमाले), माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका थिए। यसैगरी केही महिला स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका थिए । तर पूर्वमन्त्रीदेखि लिएर चर्चित नेत्रीहरूको पराजय भएको छ।

निर्वाचन आयोगकाे नतिजा अनुसार पूर्वमन्त्रीसमेत रहेकी नेकपा (माओवादी केन्द्र)का नेत्री बिना मगर कञ्चनपुर–१ मा नेकपा (एमाले) का तारा लामा तामाङसँग ५ हजार ५४३ मतान्तरले पराजित भएकी हुन्। दोस्रो स्थानमा चित्त बुझाएकी  मगरले १९ हजार चार सय मत प्राप्त गरिन्। विजयी लामाले २४ हजार ९४३ मत पाए ।

कञ्चनपुर–३ मै अर्का चर्चित महिला नेत्री एवं निवर्तमान सांसद निरुदेवी पाल पराजित भईन् । नेकपा (एमाले)की उनले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकसँग १२ हजार ९० मतान्तरले पराजित भईन्। पालले १८ हजार ४८५ मत मात्र पाउदा लेखकले ३० हजार ५७५ मत पाए।

कञ्चनपुरमा निर्वाचन क्षेत्र- १ मा तीन र २ मा चार गरेर सात महिलाले प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए। १ मा पराजित नेपाल मजदुर किसान पार्टिका नन्दादेवी जोशीले ९५ र स्वतन्त्र हरिनादेवी भट्टले ६७ मत प्राप्त गरिन्।

त्यस्तै कञ्चनपुर–२ मा स्वतन्त्रबाट चुनाव लड्नु भएकी अधिकारकर्मी शारदादेवी चन्दले ७४१, जनमत पार्टीका सुशीलादेवी विष्टले १३१ र नेपाल मजदुर किसान पार्टीका जानकीदेवी गिरीले १०६ मत प्राप्त गरिन। डोटीमा नेकपा (एमाले)का नेत्री गौरी ओली चार हजार २०६ मतान्तरले नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेम आलेसँग पराजित भईन। ओलीले २३ हजार ४ मत पाईन्। विजयी आलेले भने २७ हजार २१० मत प्राप्त गरे। 

कैलालीबाट तीन जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।   एक महिला नेत्रीको शानदार जित हुँदा दुई महिलाको हार भएको छ। क्षेत्र नं. ३ बाट चुनावी प्रतिस्पर्धा गरेकी नेपाल मजदुर किसान पार्टीका गङ्गादेवी पौडेलले १६१ मत प्राप्त गरिन यस्तै सोही पार्टीबाटै कैलाली–५ मा चुनावी प्रतिस्पर्धा गरेकी नन्दाकुमारी दर्लामी मगर (राना) ले ४२ मत मात्रै प्राप्त गरिन्।

यो प्रदेशमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले महिलालाई टिकट दिएका थिएनन्। यसैगरी कैलाली–२ र ४ सहित अछाम, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुलामा पुरुष मात्रै उम्मेदवार रहेका थिए  । यस्तै मतगणना बाँकी रहेको बाजुरामा पनि प्रतिनिधि सभा सदस्यका लागि पुरुष मात्रै उम्मेदवार रहेका थिए ।
  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>