Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

मलेशियामा २ नेपाली मृत फेला, १ नेपाली पक्राउ ।

मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो । त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ।

सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन जना नेपाली फेला परेको, ती मध्ये दुई जना मृत भेटिएको र अन्य एकजना सकुशल थिए । ‘मृतक दुई एकअर्काबाट टाढै ढल्केका थिए । ३५ र ४६ वर्षका दुई जनाको अनुहारमा चोट लागेको थियो, तर हामीलाई अझै फरेन्सिक जाँचको आवश्यकता छ,’ उनले भने, ‘के कारणले हत्या गरिएको हो अनुसन्धान भइरहेको छ।’ उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको र पछि आपसी झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको र सँगै रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँका समाचारमा जनाइएको छ । हत्याको दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको उनले बताए। नेपालिहरुकाे नाम ठेगाना खुुल्न बाकि रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>