कञ्चनपुरको पुनर्वास नगरपालिका–११ मा शुक्रबार एक युवा मृत फेला परेका छन्।
सोही ठाउँका ३५ वर्षीय हरि भनिने मानबहादुर कार्की नालामा मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई मोहन बहादुर सिंहले जानकारी दिए।
अघिल्लो राति करिब साढे ६ बजेतिर उनी घरबाट निस्किएको र परिवारले साथीकोमा गएको ठानेर खोजी नगरेको सिंहले बताए।
आज बिहान करिब साढे ८ बजे कार्कीको शव नालामा फेला परेको थियो। टाउकोमा कोतरिएको घाउ छ। शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अस्पतालमा पठाइएको छ।
पोष्टमार्टमपछि मृत्युको कारण थाहाँ हुने प्रहरीले जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया