कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा फेला परेका छन्।
अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना सोमबार दिउँसो लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ।
भण्डारीका अनुसार राना एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ। घटना बारे प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको छ। घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया