Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०२ गते शनिबार

लालझाडिमा हात्तिले घर भत्कायाे, कंचनपुरमा हात्ती आक्रामक ।

कञ्चनपुरमा जङ्गली हात्तीले वितण्डा मच्चाइरहेको छ । भारतीय दुधुवा नेशनल पार्कबाट नेपाल स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेको जङ्गली हात्तीको बथानले कञ्चनपुरमा धनजनको क्षति गरिरहेको छ । गएराति १२ बजेको समयमा लालझाडी गाउँपालिका वडा नम्बर ४ सिकलपट्टि जाइँ गाउँमा प्रवेश गरेको जङ्गली हात्तीको बथानले करन सिंह साउदको कच्ची घरको पालि फालेको छ भने घरमा समेत क्षति पुर्‍याएको लालझाडि गाउँपालिका प्रवक्ता आशाराम रानाले जानकारी दिनु भएको छ ।

साउदकी श्रीमती र कान्छी छोरी कमला मात्रै घरमा रहेको बेला हात्तीको बथानले घर भत्काउन थाल्दा कमलाकी आमाले तत्कालै छिमेकीहरूसँग गुहार मागेकोले समयमै छिमेकीहरूले हात्तीलाई धपाउँदा मानवीय क्षति हुनबाट जोगिएको छ । त्यस समयमा घरभित्रै निदाइरहेकी कमलाको समेत  सुरक्षित उद्धार गरिएको बताइएको छ । हात्तीको बथानले साउदको घर भित्र रहेकाे नगद, कागजपत्र, भाँडाकुँडा र अन्नमा क्षति पुगेकाे साउद परिवारले बताएका छन  गरेको छ । हात्तीको बथानले क्षति पुर्याउँदा साउदको घरमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ भने घर वरिपरि लगाएका केराका बोटहरू र उक्त बस्तीमा लगाइएको अन्नबालीमा समेत नोक्सान गरेको छ ।

२०७९ वैशाखदेखि हालसम्म मात्रै पनि कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणमा परेर दुई जना महिलाको मृत्यु भइसकेको छ । भदौ १३ गतेका दिन शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटा बस्ने २२ वर्षीया मिना जोशी र मङ्सिर २० गतेका दिन वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरा धानुकको मृत्यु भएको थियो । यसका अतिरिक्त यस वर्ष जङ्गली हात्तीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ की एक महिलालाई घाइते बनाउनुका साथै कञ्चनपुरका विभिन्न क्षेत्रमा गरी दर्जनौँ घरहरूमा क्षति र बिघौँ जमिनको अन्नबाली नष्ट गरिसकेको छ । जङ्गली हात्तीको क्षति न्यूनीकरणका लागि कागजी प्रयास, भाषण, छलफल, अन्तरक्रिया बाहेक अन्य केही प्रभावकारी प्रयास भएको भने देखिँदैन ।


#हात्ति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>