भारतले इन्धनको मूल्य केही बढाएर पठाए पनि इन्धनको नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राख्ने जनाएको छ । निगमका अनुसार पेट्रोलमा २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ प्रति लिटर र एलपीजी ग्याँसमा प्रति सिलिन्डर ७८.२२ रुपैयाँ मूल्य बढेर आएको छ भने मट्टितेलमा भने केही घटेर आएको छ ।
अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३५९।५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ ।
निगमलाई १५ दिनमा एलपीजी ग्याँसमा मात्रै ४६.४४ करोड घाटा भएपनि समग्रमा नाफा नै रहेको छ । निगमको सरकारलाई तिर्नुपर्ने र आइओसीलाई तिनुपर्ने सम्पूर्ण रकम जोडेर झन्डै १८ अर्ब बक्यौता रहेको छ ।
भारतले प्रतेक १५ - १५ दिनमा महिनाकाे १ र १५ तारिकमा ईन्धनकाे मूल्य पठाउने गर्छ
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया