Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

शेयर बजार बिहिवार पनि निरन्तर उकालाे ।

सेयर बजारको उकालो यात्रा आज पनि कायम रहेको छ। बुधबार करिब ६५ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अंकले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ। 

आज अन्य र बैंकिङ समूहबाहेक अन्य सबै समूहको सेयरमा हरियाली छाएको छ। यसमा पनि होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ। यसदिन नेप्सेसँगै कारोबार पनि रकममा उल्लैख्य वृद्धि भएको छ। आज २५९ वटा कम्पनीका एक करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब चार करोड रुपैयाँबराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोडको सेयर किनबेच भएको छ।  आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको सयर सबैभन्दा बढी घटेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>