Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

शुक्लफाँटा नगरपालिकाले पहिलाे पटक राजस्वकाे दायरा बढायाे । नदि उत्खनन् हुने, बिवाद समाधान ।

शुक्लाफाँटा नगरपालिकाले पहिलाे पटक राजस्वकाे दायरा बढाएकाे छ । स्थानिय सरकार गठन पछि पहिलाे सरकारकाे पालामा नदि उत्खनन् बाट राजस्व उठाउन नसके पनि दाेस्राे पटक निर्वाचित नगर सरकारले बनहरा नदी र अनौखी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा र माटो उठाउनको लागि ठेक्का दिएर राजस्वकाे दायरा बढाउन सफल भएकाे छ ।

गणपति कन्सट्रक्सन प्रालिसँग ६८ लाख १४ हजारमा ठेक्का सम्झौता गरेर पहिलाे पटक नदिजन्य बस्तु उत्खनन् बाट राजस्व उठाउन सुरु गरेकाे हाे ।

नदिजन्य पदार्थ उत्खनन् बाट नदि कटान तथा र सडकमा धुलाे धुवा उड्ने भन्दै स्थानीयले बिराेध गरि रहेकामा  नगर प्रमुख रण बहादुर महरा समेत नगरका कार्यपालिका सदस्यहरु बिहिवार प्रभाबित क्षेत्रमा गई छलफल गरेपछि स्थानियहरुले नगरकाे निर्णयकाे स्वागत गरेकाे नगर प्रमुख महराले बताएका छन ।

उनले भने ठेक्का प्रक्रियामा गईसकेपछि स्थानियलाई कुरा बताउन नसक्दा स्थानिय दुबिधामा परेर विराेधमा रहेछन तर आज साेहि क्षेत्रमा गई नदि तटबन्ध गर्ने, सडक मर्मत र धुलाे उड्न राेक्न सडकमा पानी छर्कने भएपछि स्थानिय खुसि भएकाे बताए ।

प्रमुख महराका अनुसार साे क्षेत्रबाट उठेकाे राजस्व अग्राधिकारका आधारमा पनि स्थानिय ठाउँ निश्चित रकम बिकास निर्माणमा खर्च गर्ने याेजना रहेकाे बताए ।

बिगत बर्षदेखि नियमपुर्वक ठेक्का लगाउन नसक्दा नगरपालिकाले राजस्व गुमाउदै आएकाे थियाे भने, अबैध रुपमा मनपरि चाेरिछिप तरिकाले उत्खनन्  हुँदै आएकाे थियाे । याे संगै नगरकाे राजस्व वृद्धि हुने भएकाे छ ।


#नदि उत्खनन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>