Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ पुष २४ गते आइतबार

तपाई पेन्सन जाने तयारिमा हाे, तपाईले अब काठमाण्डाै धाउनु पर्दैन जिल्लाबाटै सेवा लिन सकिन्छ ।

राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ । ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सनपट्टाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

सूचना प्रविधिप्रतिको बढ्दो आकर्षण र सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने सिलसिलामा ई–पेन्सनको अवधारणा अघि सारिएको किताबखानाका निमित्त महानिर्देशक सङ्गीता ओझाले जानकारी दिए । उक्त अवधारणाले पेन्सनपट्टाका लागि दूरदराजबाट राजधानी आएर अनेकथरि कागजात सङ्कलन गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ । किताबखानाले निजामती, शिक्षक र प्रहरीको नियुक्तिदेखि अवकाश हुँदासम्मको सम्पूर्ण अभिलेख राख्दै आएको छ । निजामती सेवा ऐन तथा नियमावलीले २० वर्ष बढी सेवावधि पूरा गरेकालाई पेन्सन तथा त्योभन्दा कम अवधि हुनेलाई उपदान पाउने व्यवस्था गरेको छ ।

किताबखानाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८-७९ मा तीन हजार सात सय ८५ कर्मचारीले निवृत्तिभरण लिएका थिए । हालसम्म ८८ हजार निजामतीतर्फका कर्मचारी सेवानिवृत्त भएको अभिलेखबाट देखिन्छ । राष्ट्रिय किताबखाना मुलुकको शासनको स्थायी सरकारको रूपमा रहेको सार्वजनिक प्रशासनअन्तर्गतका पदाधिकारीको अभिलेख व्यवस्थापन गर्ने यो महत्वपूर्ण निकाय हो । उक्त कार्यालय मातहत निजामती कर्मचारी, शिक्षक र प्रहरी कर्मचारीको समेत अभिलेख व्यवस्थापन हुँदै आएको छ ।

किताबखानाका अनुसार मुलुकका सबै जिल्लामा सेवानिवृत्त हुने कर्मचारीबाट पेन्सनपट्टाका लागि अनलाइनमार्फत आवेदन लिने प्रक्रिया शुक्रबारदेखि सुरु भएको जानकारी दिए । सेवानिवृत्त हुन लागेका कर्मचारीलाई पेन्सनपट्टा बनाउँदा के–कति कस्ता कागजात चाहिन्छ भनेर पहिले नै सूचना पठाइने र त्यसका आधारमा आफू रहे बसेकै स्थानबाट प्रविधिको माध्यमद्वारा अनलाइनमार्फत ती कागजात उपलब्ध गराउन सकिने छ ।

 उक्त सेवा विस्तार गर्ने सिलसिलामा किताबखानाले पहिलो चरणमा मङ्सिर १५ देखि नै अनलाइन निवेदन सुरु गरेको थियो । उक्त अवधारणा अभ्यासमा आएसँगै अनलाइनमार्फत सम्पूर्ण कागजात पहिले नै तयार हुने भएकाले सम्बन्धित व्यक्तिको तस्वीर, औठाछाप, कार्यालयको छाप र लिन÷पाउने सुविधा यकिन भएसँगै सम्पूर्ण काम छिनभरमै हुनेछ । तर कतिपयमा सूचना प्रविधिप्रति विश्वास र विश्वस्त नभएका कारण परम्परागत र ई–पेन्सन दुवै प्रक्रिया अभ्यासमा कायम रहने किताब खानाले जनाएकाे छ ।


#राष्ट्रिय कितावखाना

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>