अर्थमन्त्रालयले हाल सरकारको स्रोतमा चाप परेको भन्दै आन्तरिक खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै अर्थ मन्त्रालयले सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे निर्देशिका जारी गरेको हो ।
मन्त्रालयले सबै संघीय मन्त्रालयको चालु बजेट २० प्रतिशत कटौती गर्ने भएकाे छ । खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रम स्थगन हुने अर्थ मन्त्रालयले बताएकाे छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको खर्चमा मितव्ययिता अपनाउन आवश्यक निर्णय लिइने बताएका छन् । यस्तै, मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।
यो निर्णयले यस आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँ बचत हुने मन्त्रालयकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । यस वर्ष नयाँ सवारी साधन नकिन्ने, सरकारको स्रोतबाट सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगित गर्ने लगायतका निर्णय भएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया