Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०५ गते शुक्रबार

सामुदायिक वनमा तिनदिनदेखि आगाे नियन्त्रणमा आउन सकेन ।

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  तीन दिनअघि देखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् ।

डढेलो लागेको उक्त समुदायिक वनमा अधिकांश सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।   डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि हालसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिकाका स्थानियले बताएका छन ।

यसैबीच रामेछाप–८ मा आज एक घर जलेर नष्ट भएको छ । बिहिवार दिउँसो वादी छापडाँडाका जितबहादुर हायुको घर र गोठमा आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछापले जनाएको छ । प्रहरी चौकी रामेछाप प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद चौलागाईंका अनुसार बालबालिकाले आगो खेलाउने क्रममा उक्त घटना भएको आशङ्का गरिएको छ । 


#डढेलाे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>