Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ फागुन ०९ गते मङ्गलबार

प्रहरिमा ५ एआईजि पद रिक्त, प्रतिस्पर्धिका २ उमेदवारकाे उमेर विवाद ।

नेपाल प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ । रिक्त पदहरुमा बढुवाका लागि तिब्र प्रतिस्पर्धा देखिएकाे छ । वढुवा प्रतिस्पर्धि मध्येका  दुई जनाकाे उमेर बिवाद देखिएकाे छ ।

डिआईजी अशोक सिंह र श्यमलाल ज्ञवाली उमेर विवादमा तानिएका छन् । बीस. २०४२ जेठ २२ मा जारी सिहकाे नागरिकतामा उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ । प्रहरी प्रधान कार्यालयको अभिलेखमा २०२५ पुस १६ लाई मान्यता दिएको छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्ष ६ महिना २४ दिन फरक भएको बारेमा के निर्णय हुन्छ भन्नेबारे अन्योल देखिएको छ । 

अर्का बढुवा प्रतिस्पर्धी श्यामलाल ज्ञवालीको पनि नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक देखिएको छ । ज्ञवालीको नागरिकतामा जन्ममिति २०२४ चैत २१ उल्लेख छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ साल भदौ २६ उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार उनको उमेर ५ महिना ६ दिन फरक परेको छ ।

पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ । प्रहरी प्रधान कार्यालयको अभिलेखमा सिंहको जन्ममिति २०२५ पुस १६ र ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ लाई मान्यता दिइएको छ । 

उमेर विवादका कारण सिंह र ज्ञवालीलाई सरकारले बढुवा नगरेमा सन्दीप भण्डारी र मिरा चौधरीले एआईजी बढुवामा अवसर पाउने सम्भावना छ । 


प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यबीच तीव्र प्रतिस्पर्धा छ । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । 

प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरीक्षकमा बढुवा हुनेछन्  तिनै एक महिनापछि महानिरीक्षक (आईजीपी) हुने सम्भावना बलियो हुन्छ । डिआईजीको मेरिट लिस्टमा वसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रोमा अशोक सिंह र मेरिट लिस्टको चौंथो नम्बरमा दीपक थापा छन् ।  

आईजीपी सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका साउद, आलम खाँ, नल प्रसाद उपाध्याय र मोहन कुमार आचार्य पनि डिआईजी पदमा कार्यरत छन् । तर, उनीहरु एआईजीको प्रतिस्पर्धाबाट ‘रिङ आउट’ छन् । एक महिनापछि अवकाशमा जान लागेकाले उनीहरुलाई सरकारले बढुवा नगर्ने जानकारहरु बताउँछन् । 

बढुवाको मुख्य प्रतिस्पर्धीहरु वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दीपक थापा २०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।


#एआईजि बढुवा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>