Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन १२ गते शुक्रबार

शसस्त्र प्रहरिले पाँच दिनमा कंचनपुरका २१ ठाउँबाट अबैध सामान बरामद ।

सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरबाट पाँच दिनको अवधिमा अवैध सामान बरामद गरी रु. ८ लाख ७० हजार २ सय ३४ बराबर मुल्यका सामान पक्राउ गरि भन्सार चलान गरेकाे छ ।

यही फागुन ०७ गते ११ गतेसम्मको अवधिमा सशस्त्र प्रहरीको टोलीले पुनर्वासका डोकेबजार, अमरबस्ती, घ गाउँ,  बेलौरीका फटिया, बनशक्ति, नकैया, सडकघाट, भीमदत्तका गड्डाचौकी, गज्जर, चौकीसत्ता, बाँसखेडा र दोधारा चाँदनीका जमुनाघारी, बडुवालटोल तथा गडिगोठ लगायतका क्षेत्रबाट अवैध सामान बरामद गरेको हो । 

यस अवधिमा साइकल, मोटरसाइकल, किराना सामानहरू, हार्डवेयरका समान, प्लास्टिक कुर्ची, बाटा, प्लास्टिक झोला, स्टिल कचौरा, डी.जे.साउण्ड, हेडफोन, चार्जर, स्पिकर, बोइलर कुखुरा, ड्यु, अण्डा, माछा, फलफूल, तरकारी, सुर्ती, शरीरमा प्रयोग गर्ने पाउडर, क्रिम लगायतका सरसामान बरामद गरिएको बताइएको छ । ती मध्ये बोइलर कुखुरा, ड्यु, अण्डा, माछा, फलफूल, तरकारी नष्ट गरिएको छ भने बाँकी सरसामानहरू कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, कैलाली भन्सार कार्यालय त्रिनगरलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>