Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ फागुन २० गते शनिबार

बेलाैरिमा भेटियाे यस्ताे दुर्लभ सर्प

कंचनपुरकाे बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । “मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ”, उनले भने, “यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।” यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ । 

सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ ।   स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

सर्प विज्ञहरुका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ । यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ । यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन् । 


#दुर्लभ सर्प

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>