Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन २७ गते शनिबार

आधा शरीर नाङ्गाे लठ्ठि सहित हिडेका प्रहरी निलम्बित ।

शुक्रबार सप्तरीको राजविराजदेखि भारतीय सीमासम्म जोडने कुनौली सडकमा एक प्रहरी जवान नशामा लट्ठिएर गलत हर्कत देखाएको भिडियो सार्वजनिक भयो। 

मनोज सहनी नामका व्यक्तिले ट्वीटरमा नेपाल प्रहरीको ट्वीटर एकाउन्टमा ह्यासट्याग गरेर सार्वजनिक गरेका उक्त भिडियोबारे बुझ्ने प्रयास गरेका छउ। भिडियोमा देखाइएका व्यक्ति प्रहरी जवान सञ्जीव कुमार राय यादव हुन्। उनी सीमा क्षेत्रमा गस्तीमा खटिएका थिए। कसिलो ज्यान भएका यादव प्राय नशामै रहने गरेको एक स्थानीय बताउँछन्। 

आधा शरीर मात्रै ढाक्ने कपडा लगाएर हातमा लौरो लिएर ‘आईज ए कस्ले रेकर्ड गर्न खोजेको एसके यादव हो मेरो नाम ल ’ भन्दै उनी त्यहाँको वातावरण अशान्त बनाउँदै हिँडिरहेको देखिन्छ। 

प्रहरीको काम शान्ति सुरक्षा र अमनचयन कायम गर्नु मुख्य कर्तव्य हो। तर, यादवले नाशामा चुर भएर प्रहरीको मर्यादा विपरीत शान्तिपूर्ण वातावरण खलबलाउँदै गरेको देखिन्छ। 

यसबारे सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीसँग बुझ्दा उनले प्रहरी जवान यादवलाई निलम्बन गरिएको जानकारी दिए। उनले भने,‘ प्रहरीको नियमावलीविपरित हर्कत गरेका जवान यादवलाई निलम्बन गरिएको छ। उनलाई विभागीय कारबाही हुन्छ।’ 


#प्रहरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>