Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
मसुरिया
२०७९ चैत ०२ गते बिहिबार

बित्तिय संस्थाहरुलाई राष्ट्र बैङ्ले १५ अर्व रुपैया कर्जा सापटि दिदै ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १५ अर्ब रुपैयाँ बराबरको कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।  

१४ दिनका लागि जारी हुने रिपो आगामी चैत १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले बजारमा तरलता अभाव भएका बखत रिपोमार्फत अल्पकालिन तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ । अहिले बजारमा तरलताको केहीँ असहजताकाबीच केन्द्रीय बैंकले रिपोमार्फत सहजीकरण गर्न लागेको हो ।


#आर्थिक तरलता

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>