Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ चैत ०२ गते बिहिबार

राष्ट्रिय भुमि अधिकार मन्चले विभिन्न माग राख्दै बुझायाे ज्ञापन पत्र ।

राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल कञ्चनपुरले सात बुदे माग राखी भीमदत्त नगरपालिका र राष्ट्रीय भुमि आयोगको कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको छ । सुकुम्वाशि समस्या चाडो समाधान गर्न दवाव दिने उद्देश्यले ज्ञापन पत्र बुझाईएको हो । 

राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल कंचनपुरले विभिन्न सात बुदे माग राखी राष्ट्रीय भुमि आयोगको कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । भसमि सम्वन्धि काम स्थानीय सरकार मार्फत हुदा ढिला सुस्ती भएको ठहर गर्दै यसलाई चाडो सम्पन्न गर्न भुमि आयोगमा दक्ष जनशतिm, बजेट व्यवस्थापन लगायतको काम गरि पिडित सुकुम्वाशहिरु लाई जग्गा उपलव्ध गराउनु पर्ने माग राख्दै राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल कञ्चनपुरले विहिवार ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनु पुर्व खवरदारी अभियान अन्तर्गत मालपोत कार्यालय, नापि कार्यालय , वन कार्यालय हुदै  राष्ट्रीय भुमि आयोगको कार्यालय कञ्चनपुर अगाडि सम्म शान्ति पुर्ण विरोध र्याली सहित बजार परिकर्मा गर्दै कोण सभा समेत आयोजना गरिएको थियो । राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समितिका अध्यक्ष कर्ण वहादुर वानियाले भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका लागी भईरहेको काम विभिन्न कारणले ढिला सुस्ति भईरहेको भन्दै यथा शक्य चाँडो काम सम्पन्न गराउन दवाव दिने उद्देश्यले शान्तिपुण खवरदारी अभियान सञ्चालन गरिएको वताउनु भएको छ । सुकुम्विाशी समस्या समाधानका लागी आगामी दिनमा नया आयोग नवन्ने हुदा यस आयोगले तदारुकताका साथ समयमा काम सम्पन्न गर्नु पर्ने माग रहेको समेत उहाले वताउनु भयो । 


भुमि अधिकार प्राप्तीकका लागी राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल ले काम गर्दे आएको छ । भुमि आयोग मार्फत भईरहेको जग्गानाप जाँच लगायतका काममा ढिला सुस्ति भईरहेको हसदा यसलाई चाँडो सम्पन्न गर्न दवाद दिने उद्देश्यले आजको खवरदारी अभियान सञ्चालन गरिएको राष्ट्रिय भुमि अधिकार मञ्च नेपाका सुरपश्चिम प्रदेश सचीव राम वहादुर चुनाराले वताउनु भयो । 

स्थानीय सरकारले जग्गा नापजाँचमा मनोमानी गरेको राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल, कञ्चनपुरका पुर्व उपाध्यक्ष नन्दा जोशीले आरोप लगाउनु भएको छ । पिडित जनताले न्याय पाउनु पर्ने भन्दै उहाले यो शान्तीपुर्ण आन्दोलनलाई केन्द्र सम्म पनी लैजाने वताउनु भएको छ । 

ज्ञापन पत्र बुभे पछी भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्खाना र भीमदत्त नगरपालिकाका नगरउपप्रमुख निलम लेखक जोशीले आफुले समस्या समाधानका लाग िसक्दो पहल गर्ने प्रतिवद्धता गर्नु भएको छ । भुमि सम्वन्धि ऐन अनुसार सुुकम्वाशि समस्या समाधान छिटो गरिनु पर्ने , जिम्मेवार निकायलाई प्रशिक्षण गराउनु पर्ने, अनुभवि व्यक्तीलाई सहभागि गराउनु पर्ने, जग्गा नाप जाँच संग सम्वन्धिकाम लाई प्रभावकारी वनाउद ैछिटो काम गर्नु पर्ने,राजश्व घटाउनु पर्ने लगायतका विभिन्न माग राख्दै शान्तिपुर्ण खवरदारी अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>