कंचनपुरकाे महेन्द्रनगरमा बालककाे हर्निया अप्रेसन हुन सकेन । महेन्द्रनगरमा मुख्यत: अप्रेसन गर्ने तहका महाकाली प्रादेशिक अस्पताल र मन्त्र अस्पताल रहेका छन । महाकालि अस्पताल सरकारि अस्पताल हाे भने मन्त्र निजि लगानिकाे अस्पताल हाे ।
महाकाली अस्पतालमा विभिन्न किसिमका अप्रेसन संगै हर्नियाका अप्रेसन हुने गरेका छन । तर केही महिना यता बच्चाहरुकाे अप्रेसन गर्नुपर्ने अवस्थामा रिफर गर्न थालेका छन । महाकाली अस्पतालका सर्जन डाक्टर निर्मल थापाका अनुसार अस्पतालमा सेटअप नभएका कारण ३ जना बच्चा रिफर भएकाे बताएका छन ।
बिहिबार अस्पतालमा ६ बर्षे बालककाे अप्रेसन गर्न अस्पताल पुगेका बालक रिफर भएपछि बालकका अभिभावले अप्रेसन किन हुन नसक्ने भनेर बुझ्न अस्पताल प्रशासन, ब्यावस्थापन, डाक्टर र नर्सिङ केयर समेतका टिम संग छलफलमा बस्दा डाक्टरले सेटअप तयारि छैन तयारि भए अप्रेसन गर्नकै लागि आफू बसेकाे, आफू बाहिर समेत गएर काम नगरिरहेकाे बताएका थिए ।
त्यसपछि नर्सिङका तर्फवाट उपस्थित सर्जिकल वार्ड ईन्चार्ज समेत रहेकि लक्ष्मि न्याैपाले सेटअपकाे लागि सामान अभाव भएकाे तर्क राखेपछि स्टाेरबाट सहभागी कर्मचारिले सबै सामान दिएकाे ह्याङ्गर राख्न बाकि छ त्याे पनि राखिन्छ, ह्याङ्गरले अप्रेसन राेकिन्छ भनेपछि नर्सिङका कर्मचारिले सामान खरिद गरेर केहिदिनमा तयार हुने बताएका थिए । केही दिन भनेकाे कति दिन हाे खरिद प्रकृया लामाे पनि हुन्छ महिनाै दिन पनि लाग्छ भन्ने जिज्ञासा राखेपछि छिट्टै ४-५ दिनमा नै तयार गर्छाै हुँदैछ भनेर बताए ।
यसरी महाकाली अस्पतालमा कर्मचारिहरुले घुमाई राख्दा सेवा दिनेले सेवा दिन पाएका छैन भने बिरामिहरुले सेवा लिन पाएका छैनन् ।
बिरामिका अभिभावकले महाकालि अस्पतालमा पालाे आउन ढिला भए मन्त्र अस्पतालका संचालक डाक्टर संग कुरा गरेकाे उनले अप्रेसन हुने बताएको तर महाकाली अस्पतालमा अप्रेसन किन भएन भनेर छलफलमा बसेपछि मन्त्रका संचालक डाक्टरले समेत अप्रेसन गर्न नसकिने बताएको ती अभिभावक बताउछन ।
मन्त्र अस्पतालमा फाेन सम्पर्क गरि०९९५२०५४८ मा बुझ्दा अस्पतालमा प्रमानेन्ट डाक्टरहरु आज काेहि नभएकाे भाेलि मात्र आउने बताए । अस्पतालमा सुरुबाट जाेडिएका डाक्टर बिरेन्द्र बुडाल संग बुझ्दा एनयसथेसिया मसिन बिग्रेका कारण अप्रेसन नभएकाे बताए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया