Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०८ गते बुधबार

महाकालि अस्पतालमा मृगाैला डायलासिसकाे तयारि पूरा पाउन सकेन अनुमति । पिडितले चाडाे संचालनमा ल्याउन गरे ध्यानाकर्षण ।
महाकाली अस्पतालकाे मृगाैला डालासिस कक्ष

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर मृगाैला डायलासिस अनुमति नपाउदा मेसिन र जनशक्ति तयारि हुदापनि डायलासिस हुन नसक्दा कंचनपुरबाट धनगढि जान बिरामि बाध्य छन ।

बुधबार कञ्चनपुरका मृगौला पीडितले महाकाली अस्पतालमै डाईलासिस सेवा संचालनको माग अघि सारेका छन । कञ्चनपुरदेखि धनगढी सेती प्रादेशिक अस्पतालमा जान आउन समस्या भईरहेको भन्दै महाकालीमै सेवा संचालनको माग अघि सारेका हुन ।

मृगौला रोगबाट ग्रसित पीडितले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टलाई भेटैरै डाईलासिस सेवा शुचारुको माग अघि सारेका छन । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका स्थानीय जय बहादुर विष्टले महाकाली अस्पतालमै डाईलासिस सेला शुचारुको माग अघि सारेका छन । ‘हामीलाई जिल्लाबाट सेती अस्पताल जान आउन समस्या भयो, पालो पनि समयमै पाईदैन, ‘उनले भने, ‘समयमै यहाँ सेवा शुचारु गरिदिनुपर्यो ।’ 

भीमदत्त नगरपालिका १० तिलकेनीका स्थानीय नन्दराज जोशीले ३ बर्षदेखि मृगौला पीडित भएर उपचारार्थ छन । उनले महाकालीमै सेवा संचालनको माग राखेका छन । शुक्लाफाँटा नगरपालिका ७ कालापानीका कालु भाटले दुई दिन थप संसार देखाउन डाईलासिस सेवा शुचारुमा जोड दिए ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डाईलासिसका लागि मेसिन जडान भईसकेको र जनशक्ति समेत सोही अनुरुप व्यवस्थापन भएको भन्दै संचालनका लागि अनुमतीको पखाईमा रहेको बताए । ‘विभागतबाट स्वीकृत पाउने वित्तिकै यहाँ पनि सेवा शुरु गछौँ, ‘अध्यक्ष भट्टले भने, ‘दुई सिप्टमा डाईलासिस चलाउँछौँ ।’ 


#मृगाैला डायलासिस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>