Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०८० बैशाख १३ गते बुधबार

परेड खेलिरहेका सुरक्षाकर्मिलाई जंगलि बदेलकाे आम्रमण, स्थानिय सहित ५ घाईते ।

दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका–६ उकुमा बँदेलको आक्रमणबाट दुई सशस्त्र प्रहरीसहित पाँच जना घाइते भएका छन्।

बँदेलले एक्कासी आक्रमण गर्दा बिहान परेड खेलिरहेका सुरक्षाकर्मी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार गोपाल साउद, जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोद सिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका छन्।

घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी निरीक्षक सिंहले बताए। सशस्त्र प्रहरीका हवल्दार र जवानहरु परेड गरिरहेका बेला बँदेलले आक्रमण गरेको थियो। अन्य तीन जना स्थानीय पनि नजिकै थिए।

प्रतिरक्षा गर्ने क्रममा स्थानीय र डिभिजन वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बँदेललाई मारेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>