नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।
याेसँगै अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने बाटाे खुलेकाे छ ।
नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेश शुक्लाले एक-आपसमा सम्झौतापत्र आदानप्रदान गरे ।
सम्झौता कार्यान्वयनपछि नेपालमा एनसीएचएल र भारतमा एनपीसीआई आबद्ध बैंक र वित्तीय संस्था एवं भुक्तानी प्लेटफर्ममार्फत एकअर्काे देशमा डिजिटल भुक्तानी गर्न सकिने जनाइएकाे छ ।
यसअघि नेपाल र भारतबीच कार्ड भुक्तानीको सुविधामात्रै सञ्चालनमा थियो ।
सो अवसरमा बोल्दै नेपालका प्रधानमन्त्री प्रचण्डले यो समझदारीले नेपाल र भारत दुवैका व्यवसायी, विद्यार्थी, पर्यटक र तिर्थालुलाई आवश्यक पर्ने क्रसबोर्डर भुक्तानीहरू गर्न सहज बनाउने भनाइ राखे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया