तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ ।
सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसतर्फ जानु भएको उहाँको सचिवालयले जनाएको छ ।
योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत पनि सम्मेलनमा सहभागी हुने आयोजकले बताएको छ । बालकृष्ण खप्तड पुगिसकेका छन भने समाचार तयार पार्दासम्म बाबा रामदेव कंचनपुर पुगिसकेका छन ।
सदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने छ ।
सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।
डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया