Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ३२ गते बिहिबार

जनताकाे स्वास्थ्यमा खेलवाड पछि प्रहरी गयाे एक्सनमा ९ जना भारतिय पक्राउ ।

 कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनीमा अवैध रुपमा औषधी पसल संचालन गर्दै आएका भारतीय पक्राउ परेका छन । लामो समयदेखि एकछत्र अवैध रुपमा मापदण्ड विपरित औषधी बेचबिखन गर्दै आएका भारतीय औषधी व्यवसायीलाई कञ्चनपुर प्रहरीले फक्राउ गरेको छ । अवैध रुपमा मेडिकल संचालक गरेर नागरिकको जनस्वास्थ्यमा खेलवार्ड गर्दै आएका भारतीयलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले अवैध रुपमा औषधी बेचबिखन एव कारोबार गर्दै आएका ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको बताए । सुचना अधिकारी गिरीले दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट अवैध औषधी एव उपचार समाग्री सहित बरामद गरिएको बताए । 

सुचना अधिकारी गिरीका अनुसार दोधाराचाँदनी नगरपालिका १ मिलन चौराहमा अनुमती नलिएर औषधी पसल संचालन गरेर उपचार गर्दै आएका भारत उद्धवसिह नगर कुतियाकभरका ३८ बर्षिया निवास गाईन, दोधाराचाँदनी ३ श्रेष्ठ चौराहमा अवैध रुपमा मेडिकल संचालन गरेका उद्धमसिह नगर खटिमा बस्ने ३२ बर्षिया कार्तिक सरदार, सोही ठाँउबस्नेदेखि घर भएका ४९ बर्षिया निरन्जन अधिकारी, उद्धवसिह नगर खटिमा बस्ने २५ बर्षिया भुपेन्द्र पुरी, दोधाराचाँदनी ४ लठघाट चौराहमा पसलको नाम नराखी अनुमती बिनै औषध पसल संचालन गर्दै आएका पिलिभित रानीकलौनी पोष्ट मजौलाका ४४ बर्षिया सुधान्सु हल्दार, उद्धवसिह नगर खटिमा बस्ने २३ बर्षिया रवि विश्वास र दोधाराचाँदनी ७ कञ्चनभोजमा अनुमती बिनै मेडिकल संचालन गरेका भारत उद्धवसिह नगर खटिमा बस्ने २६ बर्षिया संजय विश्वास, ४६ बर्षिया राजेश विश्वास र ४५ बर्षिया सन्तोष सरकारलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका ९ जना भारतीयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले लामो समयदेखि अवैध रुपमा मेडिकल संचालक गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरिएको बताए । ‘अवैध रुपमा मेडिकल संचालन गरेर बस्दै आएका संचालक सहित औषधी र उपचारमा संलग्न समाग्री बरामद गरेका छौँ, ‘कञ्चनपुर प्रहरी थापाले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौँ , थप भएपनि पक्राउ गरेर ल्याउँछौँ उनहिरुले नागरिकको जनस्वास्थ्यमा खेलवाड गरेको पाईयो ।’ उनीहरुमाथि थप अनुसन्धान गरेर कार्बाहीका लागि अघि बढ्ने बताए । 

औषधी व्यवस्था विभागदेखि लागु औषध सहित अन्य थप गैर कानुनी औषधी, लागु औषध भए छानबिन गरेर कार्बाही गर्ने प्रहरीले जनाएको छ । सीमावर्ती दोधाराचाँदनीमा भारतीय औषधी व्यवसायीले नेपाली नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको पटक पटक प्रहरीमा जानकारी गराउँदा अहिले एसपी कमल थापा नेतृत्वमा गैर कानुनी काम गर्ने औषधी व्यवसायीमाथि एक्सन भएको स्थानीयको भनाई छ ।

दोधाराचाँदनी नगरका प्रवक्ता समेत रहेका ६का वडाध्यक्ष ओम बस्नेतले स्वास्थ्य क्षेत्रमा कञ्चनपुर प्रंहरीको उदाहरणीय काम भएको बताए । उत्कृष्ठ कार्यका लागि एसपी कमल थापा नेतृत्वको कञ्चनपुर प्रहरीकाे कामबाट स्वास्थ्य क्षेत्रका गैर कानुनी काम हटाउन टेवा पुग्ने अपेक्षा राखेका छन । 


#दाेधारा चाँदनीमा ९ अबैध भारतिय स्वास्थ्यकर्मि पक्राउ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>