Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०९ गते मङ्गलबार

माेटरबाटाेले नछाेएकाे जग्गामा बैङ्कहरुले २० लाख सम्म कृर्षि कर्जा दिनुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूले  सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नुपर्ने भएको छ । तर, यस्तो कर्जा निजी वा व्यक्ति नभएर कृषि कर्जाका लागि हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ । योसँगै खाद्य उत्पादन, पशु पालन तथा माछा पालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्विकारी बैंकहरुले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने भएको छ । यस्तो कर्जा मागको फाइल सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

कर्जा नदिएको वा कुनै समस्या भए सेवाग्राहीले सिधै केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत राष्ट्र बैंक सबैमा सुसूचित गरेको छ ।

 बैंक तथा वित्तीय संस्थाहरूले कर्जा जोखिमलाई हेरेर सडक (मोटर बाटो)ले छोएको जग्गालाई मात्र धितो राखेर कर्जा प्रदान गर्दा वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेर राहत दिने प्रयास गरेकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>