Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २४ गते आइतबार

देशभर कहाँ कहाँ छ बर्षाकाे सम्भावना

हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा  चट्याङ्ग सहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।   

आज राति भने  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।साथै लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको महाशाखाले जनाएको  छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>