Samriddhipost
२०८१ जेठ २० गते आइतबार
पाेखरा
२०७८ पुष ०९ गते शुक्रबार

भरुवा बन्दुक सहित एकजना पक्राउ ।

पोखराबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पोखरा –३२ मजुवामा बोरामा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा माछापुच्छ्रे  गाउँपालिका–५ रिभान बस्ने ३४ वर्षीय गणेश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 
खानतलासी गर्नेक्रममा १ थान बन्दुकसहित बन्दुकमा लाग्ने केप १ थान र बारुद १५ ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ताले जानकारी दिए ।
प्रवक्ताका अनुसार इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको टोलीले शंका लागेर खान तलासी गर्दा बन्दुक भेटिएको हो ।  गुरुङविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तिवारीले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै