Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
काठमाडौं
२०७८ पुष १० गते शनिबार

सइकाे टाउकाेमा खुकुरि प्रहार , गम्भीर घाइते ।

नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि शुक्रबार मध्यराती खुकुरी प्रहार भएको छ । आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई पदम अवस्थीमाथी खुकुरी प्रहार भएको हो ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ । नेपाल प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार शुक्रबार मध्यराती काठमाडौं तार्केश्वर नगरपालिका शेषमति लामबगरमा २ युवाबीच विवाद हुँदा रामेछापका शनि तामाङले दोलखाका सुवाष तामाङलाई खुकुरी प्रहार गरेका थिए ।

सुवासलाई खुकुरी प्रहार गरेर भागेका शनिका बिषयमा महानगरीय प्रहरी कन्ट्रोलले तत्काल सबैलाई अर्लट गराएको थियो । शुक्रबार राती करिब १ बजे डीउटीमा रहेका सई अवस्थी तत्काल सूचना पच्छ्याउँदै शनिसम्म पुग्न सफल भएका थिए  । तर, उनले हतियार सहित आत्मसमर्पण गर्न भन्दाभन्दै शनिले सई अवस्थीमाथी नै टाउकोमा खुकुरी प्रहार गरि घाईते बनाएका थिए ।

सई अवस्थीले घाईते अवस्थामा समेत शनिलाई नियन्त्रणमा लिएर थप प्रहरी बोलाएका थिए । पक्राउ परेका शनिलाई महानगरीय प्रहरी वृत्त बालाजुको हिरासतमा राखिएको छ । यस्तै शनिले प्रहार गरेको खुकुरी लागेर घाईते भएका सुवासको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>