Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०७८ पुष १० गते शनिबार

अम्कुरमा खानेपानि याेजना अलपत्र स्थानिय पानिबाट बन्चित ।

हरि जाेशी , दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुरमा खानेपानी योजना निर्माणका क्रममा विवाद हुदा योजना अलपत्र परेको छ भने स्थानीय खानेपानीबाट बञ्चित भएको गुनासो गरिरहेका छन् । सात महिना पहिले नै घरघरमा धारा निर्माण गरिएको उक्त योजनाको मुलमा इन्टेक नभएको तथा मुलबाट पानी नआएपछि अहिलेसम्म स्थानीयले खानेपानीको उपभोग गर्न नपाएको स्थानीयले बताएका छन् ।

संघीय सरकारको ५० लाख बजेट रहेको उक्त खानेपानी योजनामा ठेक्का प्रक्रियामार्फत घटाघटीमा झण्डै ४२ लाखमा सम्झौता भएको थियो । केही स्थानीयले भने खानेपानी योजनामा अनियमितता भएको बताएका छन् । लेकम गाउँपालिका वडा नम्बर ५ को ल्युडेत, अम्कुर हुँदै इर्खोलीसम्म खानेपानी पुर्याउने भनेर निर्माण गरिएको खानेपानी सबैले उपभोग गर्न पाएका छैनन्,’ स्थानीय हरिदत्त जोशीले भन्नुभयो, धाराहरुमा समेत पुरा काम भएको छैन भने मुलमा इन्टेक नै छैन् । गाउँपालिले काम सम्पन्न नहुदै निर्माण कम्पनीलाई भुक्तानी दिएको अम्कुरकै युवा कृष्णदेब जोशीले बताउनुभयो । गाउपालिका उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति छ, उहाँले भन्नुभयो, उपाध्यक्षले भौतिक रुपमा अनुगमन नगरी योजनाको भुक्तानी दिइएको छ । इन्जिनियर, ठेकदार र गाउँपालिकाका जनप्रतिनिधिहरुको मिलोमतोका कारण सबैको घरमा धारा जडान नभएको उहाँको आरोप छ ।
निर्माण गरिएका धारामा पानी नआउदा स्थानीयका साथै लटिनाथ आधारभूत विद्यालय अम्कुरका विद्यार्थीहरुलाई समेत पानीको समस्या भएको छ । विद्यालयमा पानी छैन्, विद्यालय कर्मचारीले पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको जोशीले बताउनुभयो । पहिले खानेपानी पुगेको केही ठाउँमा समेत उक्त योजना निर्माण भएपछि पानी आउन छोडेको उहाँको भनाई छ । मुहानमा विवाद हुँदा स्थानीय खानेपानीबाट बञ्चित भएको गाउँपालिकाका प्राविधिकहरुले बताएका छन, इन्जिनियर केशबबहादुर पालले भन्नुभयो, सुरुमा बनेको इन्टेक उपभोक्ता र मुल धनीबिच बिबाद हुँदा भत्काइएको हो, इन्टेक भत्काएको प्रमाणहरु राखिएको छ । खानेपानी योजनामा कुनै मिलेमतो नभएको बताउदै उहाँले धाराहरुमा समेत इष्टमेट अनुसार सबै काम भएको प्रतिक्रिया दिनुभयो ।

मुहानबाटै पानी नआएपछि सबै परिवारको पहुँचमा खानेपानी पुर्याउन नसकिएको बताइएको छ । मुलमा इन्टेक फुटाएपछि निर्माण व्यवसायीले अरु सबै काम सकेर भुक्तानी मागेको इन्जिनियर पालले बताउनुभयो । ठेकेदारको धरौटी रकम समेत गाउँपालिकामै रहेकोले उपभोक्ता र मुलधनीबिच पानीको मुलका विषयमा भएको बिबाद समाधान भएमा बाँकी काम गरेर खानेपानी सुचारु गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त योजनामा चार हजार घन मिटर लाइन र ३० वटा धारा निर्माण भएका छन । खानेपानीको डिजाइन नम्स अनुसार धारामा वितरण गरिएको पाइप ७० मिटर भन्दा बढी लामो राख्न नपाइने भएकोले घर नजिक वा इष्टमेट भन्दा टाढा धारा बनाएका घरधुरीमा पाइप जडान बाँकी रहेको इन्जिनियर पालले बताउनुभयो ।

इष्टमेटमा भएको पाइप सबै प्रयोग गरिएको र केही धाराहरुमा पाइपको अभावले सबै घरमा धारा जडान गर्न नसकिएको पवन निर्माण सेवाका सञ्चालक गोपाल ओझाले बताउनुभयो । गत असारमै काम सकेको हो, ३० घरमा धारा निर्माण गरिएको छ । इष्टमेटमा भएको सबै सामाग्री जडान भइसकेको बताउदै निर्माण व्यवसायी ओझाले गाउँपालिकाले पाइपको व्यवस्था गरेर बाँकी रहेका सबै घरमा धारा जडान गर्न सकिने बताउनुभयो । अनियमितता भएको आरोपमा कुनै सत्यता छैन, उहाँले भन्नुभयो, फिल्डमा गएर काम हेर्नुहोस, मुलधनी र उपभोक्ताकै विवादका कारण मुलबाट पानी ल्याउन नसकिएकाले धारामा पानी नआएको उहाँले बताउनुभयो । स्थानीयले भने खानेपानी योजना तत्काल सुचारु गर्न निर्माण व्यवसायी र गाउँपालिकासंग अनुरोध गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>