Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
दार्चुला
२०७८ पुष ११ गते आइतबार

पुजाकाे हत्या अाशंक , छानबिन नहुदासम्म शव नउठाउने माइति पक्ष ।

महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगर स्थित जिल्ला समन्वय समिति कार्यालय नजिक घर नम्बर १८१ मा बस्ने २३ बर्षीया पूजा बम महराको संकास्पद मृत्यु भएको छ । शनिबार  दिउँसो तीन बजेतिर श्रीमान दिनेश महराले कुटेर मृत्यु भएको श्रोतको आरोप छ । मृतकको शरीरमा निल डाम भएको तस्विरमा देखिन्छ ।

पारिवारिक झगडाकै कारण मारेर झुण्डाईएको माइती पक्षको आशंका छ । हत्या गरिएको हो कि आफै आत्महत्या गरेको हो स्पष्ट खुलेको छैन् । घटनास्थल पुगेको प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । दिनेश महरा र पूजा बम महरा दुवैको दोस्रो बिहे भएको जानकारी प्राप्त भएको छ ।

पूजा बमको अघिल्लो बिहेको एक छोरी रहेको बताइएको छ भने दिनेश महराको पुरानो बिहेबाट एक छोरा र श्रीमती साथमै रहेको स्रोतले बताएको छ । पूजा बमको मृत्युमा दिनेश महरा र जेठी श्रीमती दुवैको हात रहेकोले घटनाबारे सत्यतथ्य छानबिन नहुदासम्म शव उठाउन नदिने मृतक पुजाको माइती पक्षले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>