Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २८ गते आइतबार

बजेट अभाव पछि महाकाली चार लेन पुलकाे काम बन्द

बजेट अभावका कारण महाकाली पुलको काम बन्द भएको छ। गत वर्ष गरिएको कामको समेत भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम बन्द गरेको हो।

२०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ। गड्डाचौकीदेखि दोधारा–चाँदनी नगरपालिकाको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ। पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम पनि अन्तिम चरणमा रहेको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए।

उनका अनुसार गत वर्षको ८ करोड र यस वर्षको १९ करोड गरी २७ करोड भुक्तानी हुन बाँकी छ। गत वर्ष २२ करोडको काम भएको थियो। जसमध्ये यस वर्षको बजेटबाट १४ करोड भुक्तानी भएको छ। यस वर्ष १९ करोडको काम भए पनि भुक्तानी नभएको उनले बताए। पुल निर्माणका लागि ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको थियो। डिजाइन परिवर्तन भएपछि भेरिएसन गर्न बाँकी छ।

हालसम्म भौतिक प्रगति ९५ प्रतिशत र वित्तिय प्रगति ८३ प्रतिशत भएको पाण्डेयले बताए। अहिले पहुँच मार्गअन्तर्गत पुलको दुवैतर्फ १२ सय मिटर र गड्डाचौकीनजिकै २ सय मिटर गरी १४ सय मिटर मात्रै कालोपत्र गर्न बाँकी छ। पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइका समान दुई पोखरी निर्माण भइरहेका छन्। यस वर्ष पुल आयोजनामा १८ करोड बजेट आएको थियो। जसमध्ये १४ करोड गत वर्षको भुक्तानी गरिएको छ। ४ करोड अझै निकासा भइसकेको छैन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>