Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ १५ गते सोमबार

सरकारि कर्मचारि ब्याक्तिगत काममा लगाएकाे आराेपमा समन्वय समिति कंचनपुर प्रमुखलाई जवाफ माग

उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरामाथि कारवाही अघि निर्देशन दिएको खुलासा भएको छ ।

समन्वय समितिका प्रमुख बोहराले कार्यालयका कर्मचारीलाई आफ्नो व्यक्तिगत काममा लगाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा परेपछि प्रशासन कार्यालयलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ४ गते प्रशासन कार्यालयलाई पत्र पठाएर समन्वय प्रमुख बोहरामाथि कारवाही गर्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि प्रशासन कार्यालयले जिल्ला समन्वय समितिको कार्यालयलाई उजुरी सम्बन्धि प्रतिक्रिया पठाउन पत्रचार गरेको बाहिर आएको छ । प्रशासन कार्यालयको प्रशासकीय अधिकृत उद्धव सिह कार्कीले पुस १७ गते समन्वय समितिलाई पत्र पठाएका थिए ।

पत्रमा सरकारी सेवाका कर्मचारीलाई व्यक्तिगत काममा लगाएको उजुरी सम्बन्धि प्रतिक्रिया पठाउन र रातो नम्बर प्लेटको मोटरसाइकललाई सेतो नम्बरको बनाउने प्रक्रिया अघि बढेकाले त्यसका लागि सम्बन्धित निकायमा गरिएको पत्राचारको प्रतिलिपी सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको छ ।

प्रशासन कार्यालयले समन्वय समितिलाई पठाएको पत्रमा समन्वय प्रमुख बोहराले कार्यालयका निम्न स्तरका कर्मचारीलाई आफ्नो घर र पसलको काममा लगाउने गरेको उल्लेख गरिएको छ ।

समन्वय समितिका सवारी चालक देब सिह महतालाई आफ्नो निजी कार पठाउन लगाएर आफ्नो व्यक्तिगत काममा लगाएको र उनलाई नियम विपरित काज जनाएर पोखरा मुस्ताङ भ्रमणमा लगेको उल्लेख गरिएको छ ।

प्रशासनको पत्रमा सवारी चालक महतालाई नियम विपरित भ्रमणमा लगेर काज जनाएपछि पत्रकारहरुले कार्यालयमा पुगेर सोधीखोजी गरिएको उल्लेख गरिएको छ ।

अख्यितारमा परेको उजुरीमा समन्वय प्रमुख बोहराले चालक महतालाई आफ्नो स्टुडेन्ट पुसलका समान किन्न भारत पठाएको उल्लेख भएको प्रशासनले समन्वय समितिलाई पठाएको पत्रमा भनिएको छ ।

काँग्रेसका नेता बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ४ मा वडा सदस्य जितेर समन्वय प्रमुख भएका हुन् । उनी त्यस अघि २०४९ मा भीनपा ४ को वडा अध्यक्ष भएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>