Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १६ गते बुधबार

दोधारा चाँदनीमा विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम नमुना घट्ना अभ्यास

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना र डिसीए नेपालको सहयोग  तथा दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ८ मा रहेको जनज्योती माध्यमिक बिद्यालयमा विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले जानकारी दिनुभएको छ् । बाढीको विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरुको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुर्नस्थापना तथा व्यवस्थापन जस्ता गतिविधिहरु नमुना अभ्यासका रुपमा प्रस्तुत गरिएका दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् । नमुना अभ्यासपछि आयोजित समीक्षाका क्रममा स्थानीय समुदायका व्यक्तिहरुले उक्त अभ्यासबाट विपद्को तीन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिनुभएको छ । विपद्को समयमा समुदाय स्तरमा कार्य गर्न थप सहज हुने अभ्यासमा सहभागीहरुको भनाई छ् । पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विपद्को पूर्व तयारीमा नगरपालिका सामाजिक संघ संस्थाहरु संग अझै सम्म समन्वय गरेरै अघि बढ्दै आएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका आसपासका क्षेत्र भएर बग्ने महाकाली नदी र जगबुडा नदी तथा खोला नालाहरुले उर्वरा भूमि कटान तथा डुबानको समस्या सृजना गर्ने गरेकोले तिनको व्यवस्थापनमा नगरपालिका सकारात्मक रहेको उनले बताउनु भयो । त्यस्तै दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्वपुर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ् । उहाँले विपद्को समयमा प्रभावित समुदायको व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनका क्षेत्रमा समेत क्रियाशील रहेको संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले थुप्रै पालिकाहरुमा जनचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन तथा पुर्वाअनुमानमा आधारित पुर्व सुचना प्रणाली तथा तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपार्जनको क्षेत्रमा कार्य गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना कार्यक्रम अधिकृत गणेश ठगुन्नाले बताउनु भएको छ् । पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगाएतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाई भएको सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाई रहेको छ् । विगत देखि निरन्तर सिकाईको क्रम जारी रहदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाई नै उपलब्धिका रुपमा लिन सकिने बक्ताहरुको भनाई रहेको छ् । विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंमप्रकाश रोकाया, ज्ञानेन्द्र बहेक क्षेत्री, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ओंम प्रकाश चौधरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम अधिकृत गणेश ठगुन्ना, दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 
 
 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>