Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८१ जेठ २३ गते बुधबार

दार्चुला बाट धनगढी हिडेकाे जिप बुडरमा दुर्घटना १ काे मृत्यु ८ घाईते

दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
लेकमकै लवदेब बोहराको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज विहान धनगढी जादै गर्दा बुडर नजिक दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा घटनास्थलमै ज्यान गुमाएका एक जनाको परिचय खुल्न बाँकी छ । चालकसहित ८ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुडरका बरिष्ठ प्रहरी नायव निरीक्षक धनन्जय कुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक बाशुदेब नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र निजकै छोरी ३ वर्षीया रितिका पार्की रहेका छन् । यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् ।
घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । विहान ५ बजे घाइतेहरुको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>