कञ्चनपुरका एक भैँसीको कारोबार गर्दै आएका व्यवसायीले शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पुर्याईदिएको दुखेसो पोखेका छन ।
भैँसीको कारोबार गर्दै आएका व्यवसायी ईन्द्र सिह कार्कीले बुधबार दिउसाे भीमदत्त नगरपालिका ९रिगौनाबाट शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पुर्याईदिएको दुखेसो पोखेका हुन ।
दिउँसो सशस्त्र प्रहरीले भारतिय सिमा नजिकबाट भैसी नियन्त्रणमा लिएपछि कार्कीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरीले आफुमाथि अन्याय गरेको बताए । उनले बाँधेर राखेका भैसी भारत लग्न लागेको आरोप लगाएर नियन्त्रणमा लिदै भन्सार चलान गरिदिएको बताए ।
सशस्त्र प्रहरी बल शैलश्वरि गणका यसि खगेन्द्र चन्दले भारत लगि राखेकाे अवस्थामा नियन्त्रणमा लिएकाे भैसिकाे साथमा रहेका मानिसले भैंसी आफ्नाे नभएकाे र भैंसी लगेकाे रु ५ सय पाउने बताए उनिहरुलाई छाेडिएकाे बताएका छन । तीन पाडा सहित चार भैसी जबरजस्त गरेर नियन्त्रणमा लिएर भन्सार चलान गरेको कार्किकाे दुखेसो छ ।
‘मैले ति भैसी भारत लग्न लागेको भए नियन्त्रणमा लिनु स्वभाविक हो, तर भारत नलग्दै बाँधेर राखेका भैसी खोलेर लग्नु दुखत विषय भयो, ‘उनले भने, ‘यस विषयमा सशस्त्र प्रहरीका माथिल्ला निकायमा जानकारी गराउँदा समेत बिओपी इन्चार्ज बोहराले छाडन मानेन ।
आफुले चोरेर ल्याएको नभई खरिद गरेर ल्याएर नेपालमै बेच्नका लागि ल्याएका भैसी बरामद गरेर भन्सार चलान गरेर व्यवसायीलाई मारमा परेको कार्कीको दुखेसो छ । सशस्त्र प्रहरीले उक्त भैसी भारत लग्न लागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया