Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार १२ गते बुधबार

रु ५ सयमा नेपाल बाट भारत भैंसी तस्करि, सशस्त्रले पक्रेर गर्याे भन्सार चलान, चराउन खेतमा बाधेकाे कार्किकाे दाबि

कञ्चनपुरका एक भैँसीको कारोबार गर्दै आएका व्यवसायीले शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पुर्याईदिएको दुखेसो पोखेका छन । 
भैँसीको कारोबार गर्दै आएका व्यवसायी ईन्द्र सिह कार्कीले बुधबार दिउसाे भीमदत्त नगरपालिका ९रिगौनाबाट शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पुर्याईदिएको दुखेसो पोखेका हुन । 
दिउँसो सशस्त्र प्रहरीले भारतिय सिमा नजिकबाट भैसी नियन्त्रणमा लिएपछि कार्कीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरीले आफुमाथि अन्याय गरेको बताए । उनले बाँधेर राखेका भैसी भारत लग्न लागेको आरोप लगाएर नियन्त्रणमा लिदै भन्सार चलान गरिदिएको बताए ।
सशस्त्र प्रहरी बल शैलश्वरि गणका यसि खगेन्द्र चन्दले भारत लगि राखेकाे अवस्थामा नियन्त्रणमा लिएकाे भैसिकाे साथमा रहेका मानिसले भैंसी आफ्नाे नभएकाे र भैंसी लगेकाे रु ५ सय पाउने बताए उनिहरुलाई छाेडिएकाे बताएका छन । तीन पाडा सहित चार भैसी जबरजस्त गरेर नियन्त्रणमा लिएर भन्सार चलान गरेको कार्किकाे दुखेसो छ ।
‘मैले ति भैसी भारत लग्न लागेको भए नियन्त्रणमा लिनु स्वभाविक हो, तर भारत नलग्दै बाँधेर राखेका भैसी खोलेर लग्नु दुखत विषय भयो, ‘उनले भने, ‘यस विषयमा सशस्त्र प्रहरीका माथिल्ला निकायमा जानकारी गराउँदा समेत बिओपी इन्चार्ज बोहराले छाडन मानेन ।
आफुले चोरेर ल्याएको नभई खरिद गरेर ल्याएर नेपालमै बेच्नका लागि ल्याएका भैसी बरामद गरेर भन्सार चलान गरेर व्यवसायीलाई मारमा परेको कार्कीको दुखेसो छ । सशस्त्र प्रहरीले उक्त भैसी भारत लग्न लागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको जनाएको छ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>