Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
दार्चुला
२०८१ भदौ १० गते सोमबार

सुपवि सिनेट बैठकमा विद्यार्थीकाे प्रतिनिधित्व सुनिश्चित गर ।

आजबाट सुदूरपश्चिम विश्वविद्यालयकाे सिनेट बैठक बस्दैछ । सर्वप्रथम उक्त बैठक पुर्ण सफलताको शुभकामना सहित सुदूरपश्चिम विश्वविद्यालयकाे सर्वाङ्गिण बिकासकालागि काेशेढुङ्गा साबित बनाेस शुभेच्छा व्यक्त गर्दछु  । 
भरखरै देशकै पुरानाे र ठुलाे त्रिभुवन विश्वविद्यालयकाे सिनेट बैठक सम्पन्न भएकाे छ । उक्त बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे प्रतिनिधिकाे सहभागिता संगै विद्यार्थी र समग्र विश्वविद्यालयकाे उन्नयनकाे विषयमा घनिभुत रुपमा विचार विमर्श गरेकाे हामिले देखेका छाै । विश्वविद्यालय रचनात्मक प्रतिफल हासिल गर्न विद्यार्थी उन्मुख हुनुपर्दछ तर सुदूरपश्चिम विश्वविद्यालयले आफ्नाे स्थापनाकाे १३ वर्षपछि  सम्पन्न गरेकाे स्ववियुकाे पहिलाे कार्यकाल पुराहुदैछ अहिलेसम्म पनि ऐन, नियमावली संशोधन गर्न नसक्नु र समयानुकूल पाठ्यक्रम निर्माण नहुनु गम्भीर लापरबाहीकाे पराकाष्ठा हाे यस्ले विश्वविद्यालय प्रतिकाे आशा मर्देै गइरहेको छ । आम विद्यार्थीमा देखिएको निराशा चिर्न सबै पक्षले गम्भीरतापूर्वक लाग्नु पर्दछ । 

स्वतन्त्र विद्यार्थी युनियन जस्ताे विद्यार्थीकाे समस्या संग नजिकबाट परिचित संस्थालाई प्रतिनिधित्व नगराउनु याे ठुलाे कमजोरी हाे । 
जबकि सुपवि ऐन २०६७ को परिच्छेद ४ को नियम ७ उप-नियम २(द) बमोजिम विश्वविद्यालयको स्ववियु सभापति- सदस्य हुने व्यवस्था छ । उक्त व्यवस्थालाई समेत लत्याएर सिनेट बैठक संचालन भइरहेकाेले विश्वविद्यालय भरिका स्ववियु सदस्यहरु रचनात्मक आन्दाेलनकाेलागि तयार छाै । हामि गाैरवपुर्ण विरासत बाट प्राप्त अधिकारलाई दाम चढाएर हाेइन, खाेसेर लिन्छाै तसर्थ रचनात्मक आन्दाेलनकाे लागि आह्वान गर्दछाै । 
सुदूरपश्चिम विश्वविद्यालयको सभामा ( सिनेटमा) विभिन्न क्षेत्रका थप ५ जना सिनेटर हरु थप्दा आधिकारीक संस्था (स्ववियु) प्रति किन अपमान हाे ?याे प्रश्नकाे जवाफ रजिस्ट्रार बाट हामी माग्दैछाै । यदि ऐनमा सुधार गर्नुपर्ने भए तुरुन्त प्रकृया अगाडि बढाउन कुलपति ज्युबाट निर्देशित गरियाेस ।
आगामि दिनमा सिनेट बैठकमा स्ववियुकाे प्रतिनिधित्व सुनिश्चित गरियाेस । 

लेखक कृष्ण धामी
      अध्यक्ष
स्ववियु, दार्चुला बहुमुखी क्याम्पस ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>