Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०८ गते मङ्गलबार

सामुदायिक वन समन्वय समिति मसुरियाको अध्यक्षमा पुनः सापकोटा चयन

सामुदायिक वन समन्वय समिति गौरीगंगा नपा मसुरियाको अध्यक्षमा पुनः ओमप्रकाश सापकोटा चयन भएका छन् ‌ । सोमबार भएको १७ औं बार्षिक साधारणसभाले सापकोटाको नेतृत्वमा १३ सदस्यिय कार्यसमितीको निर्वाचन गरेको हो । समितिको उपाध्यक्ष, सचिव कोषाध्यक्ष र सहसचिवमा क्रमशः विष्णुमाया जोशी, नविनकुमार बोहरा, प्रेमकुमारी चौधरी र बुधराम डगौरा थारु तथा सदस्यहरुमा मस राम चौधरी,रुपा चौधरी, मोहन बहादुर कामी, दिपकराज जोशी, बसन्ती कुमारी नाथ, नारायण प्रसाद शर्मा, मान बहादुर थारु र अंग बहादुर कडायत चयन भएका छन् । 
समितिका अध्यक्ष ओमप्रकाश सापकोटाको सभापतित्वमा भएको १७ औं बार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई  कार्यक्रममा डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेल प्रमुख अतिथि रहेका थिए । 
सभामा कार्यालय सचिव भिम प्रसाद सापकोटाले  बार्षिक प्रगति प्रतिवेदन  तथा आर्थिक वर्ष २०८१/०८२ को लागि १ करोड ९० लाख ६२ हजार रुपैया बराबरको प्रस्ताव प्रस्तुत गरेका थिए,भने समितिका सदस्य नारायण शर्माले आर्थिक वर्ष २०८०/८१ को ५६ लाख ७८ हजार ५ सय रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए । सभाको सञ्चालन सचिव नविनकुमार बोहराले गरेका थिए ।  सामुदायिक वन समन्वय समिति मसुरियामा ३७ वटा सामुदायिक वन उपभोक्ता समूह आबद्ध रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>