Samriddhipost
२०८१ चैत २० गते बुधबार
ट्रेन्डिङ
दार्चुला
२०८१ चैत १८ गते सोमबार

आफै बिरामी बोक्दै स्वास्थ एकाइका अहेव

दार्चुला, उपेन्द्र सिंह ठगुन्ना (खर्कालो)
नौगागाड गाउपालिका वडा नम्बर छ स्थाइ घर भएका गजेन्द्र धामी २०७५/०४/०१ बाट सामुदायिक स्वास्थ्य एकाइ नौगाड रैचुमा अहेब करार सेवामा कार्यरत छन । नेश्नल हेल्थ फाउन्डेसन बनेपा काभ्रे बाट अहेव कोर्स गरेका वहाँ नौगाड गाउपालिका वडा नम्बर छ बस्ने ६५ वर्षका मते ठगुन्नाको बिगत दुइ दिन देखि उपचारको लागि घरमै जान्छन । हर सम्भव प्रयास गरे पनि बिरामी निको हुन नसके पछि उनी आफै स्टेचर मगाउछन र आफू लगायत गाउघरका युवाहरु मिलेर रैचु हुँदै बिरामिलाइ नौगाड गाउपालिकाको खेडा सम्म पुर्‍याउछन ।
त्यहाबाट उक्त बिरामिलाइ गोकुलेश्वर पठाइन्छ । यसो हेर्दा सामान्य लाग्ने यो घटनाले हामिलाइ धेरै कुरा सिकाउछ । हाम्रो बुबा बाजेको पालामा यसरी बिरामी हुदा दुई चार दिनमा ठिक भएनन भने धामी झाक्री कहाँ लगिन्थ्यो । अहिले गाउमै स्वास्थ्य एकाइ छ, गाउकै छोराछोरी पढेर त्यहा कार्यरत छन । गजेन्द्र धामी जस्ता कयौ युवा नेपालमा स्वास्थ्य सेवा पढाइ गरेर स्वदेशमा कमाइ हुदैन भनेर विदेशमा छन ।
 यसरी आफ्नै गाउमा काम गर्दा पैसा बिदेशको जस्तो कमाउन नसकिएला तर गाउघरका मान्छेहरुले आफ्नो स्वास्थ समस्या सुनाउन र परामर्श लिन धेरै सजिलो हुन्छ । त्यति मात्र होइन आफै स्वास्थ कर्मिले बोकेर गाडिको बाटो सम्म बिरामिलाइ पुर्‍याउन सहयोग गरेका कयौ उदाहरण हामिले सामाजिक संजाल मार्फत आएको देख्ने गरेका छौ । सामाजिक कार्यहरुमा पनि उत्तिकै सकृय गजेन्द्र धामी जस्ता युवाहरुको कथाले हमिलाई यो पाठ सिकाउछ कि स्वदेशमा कमाइ विदेशको जत्तिको नहोला तर भावनाले हामी एक ढिक्का हुन सक्छौ । सलाम छ गजेन्द्र धामी जस्ता देशभरी स्वास्थ्य सेवामा कार्यरत हाम्रा दाजु भाइ तथा दिदी बहिनिहरुलाई । देश बनाउन हरेक क्षेत्रबाट युवाहरुले यसरी नै लागि पर्ने हो भने परिवर्तन सम्भव छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>