यो संसार देखाउने, सुख दूःखका कुरा साट्न सकिने, आफूले नखाएर पनि हामीलाई खुवाउने, जिवनमा संघर्ष गर्न सिकाउने, सधैं अगाडि बढ्न प्रेरणा दिने मेरी आमा!!!
दुई अक्षरले बनेको आमा शब्द नै यति प्यारो छ कि, सुखमा त धेरैले बिर्सिन सक्छन् तर दुखमा वा सानो तिनो चोट लाग्दा समेत आमा शब्द अनायासै सबैको मुखबाट फुत्किहाल्छ ।
ठाढा रहेका सन्तानका लागि फोन गर्दा होस् वा टाढाबाट घर पुग्दा आमाको पहिलो वाक्य भोक लागेको होला हुने गर्दछ ।
सन्तानको खुसीका लागि आफ्ना दुखहरुलाई हाँसीहाँसी स्वीकार गर्नेआमा आफ्नो सन्तानहरुका लागि जस्तोसुकै परिस्थितिसँग पनि जुध्न तयार हुन्छिन् । भनिन्छ एउटा रुखले जति फल फलेर हाँगालाई भुईमा नुगाएपनि फल फल्न छाड्दैन । त्यसरीनै जति नै सन्तानहरु भएपनि आमाको माया भने बराबर हुन्छ । भलै विवेकशील प्राणी भएर हामी मानिसहरुको मात्र आमाको बयान गरिरहेका छौँ । आमाका महिमाहरु गाहिरहेका छौँ । तर यो नियम सम्पूर्ण प्राणीहरुमा लागू भएको देखिन्छ ।
मेरी आमा र मेरो यथार्थ जिवन:
आमा तिमिले भारी बोकेर पढाएको याद छ मलाई ।
पछ्यौरीले ढाक्दा ढाक्दा झुम्रिएको कपाल पनि याद छ मलाई ।
कापी कलम किन्न र कलेजको फिस तिर्न भारी वोकेर तिमिले पैसा दिदा रित्तिएको पटुकि पनि याद छ मलाई ।
आफु भोकै वसि मलाई नै खुवाएर घाँस काट्न जादा वोकेको डोको पनि याद छ मलाई ।
तिम्रो सयौँ ठाउँमा च्यातिएको धोतिमा टालो हालेर मेरो लागि सिलाएको नया लुगा संगै नयाँ धोती लगाउने धोको पनि याद छ मेरी आमा ।
स्कुल वाट रन्फनिदै रन्थनिदै भोकले म घर आउदा तिमिले राखेको कासको थालको त्यो ढिडो याद छ आमा ।
अहिले त डोको पनि भाचियो थाल पनि फुटेर गयो अनि नयाँ धोती लगाउने धोकोको कुरै नगरौ ।
विदाको दिन हजुर संगै भारी वोक्न जादा मेरो भारीलाई पनि भारी माथि वोक्ने हजुरको हिम्मत याद छ आमा ।
नवल्ने दाउरा अगेनामा झोक्दै फू–फू गर्दै आँखावाट आँसु चुहाउदै खरानिमा सेकाएको त्यो रोटी फेरि पनि खान मन छ मेरी आमा ।
तर जति जे–जे खाए पनि चाहे भगवानले अमृत नै दिए पनि मलाई तिमिले दिने कासको थालको ढिडो भन्दा कयौ गुना फिक्का लाग्छ आमा ।
आमा तिमिले छोराको लागि गर्नु पर्ने कर्तव्य पूरा गर्यौ र म यहाँ सम्म पुगे ।
आमा अफिस छिर्दा वा निस्किदा यहाँकै परिश्रमले लगाएको पैन्ट सर्ट संगै जुत्ताको सूलमा टेक्दा तिम्रो बूढो छातीमा टेकै जस्तै लाग्छ आमा ।
अरुले दिएको लाख भन्दा आमाको काख नै प्यारो लाग्छ मेरी आमा ।
हुन त एउटी महिलाको लागि पहिलो सुख र खुसी भनेकै सन्तान सुख हो । सन्तान प्राप्ति बिना महिलाले आफूलाई महसुस गर्ने गर्छिन् । सन्तान सुखमा आफ्नो खुसी खोज्न सक्ने क्षमता भएर नै होला आज सन्सारमा आमाको महिमा यति ठूलो भएको ।
शास्त्रहरुमा समते आमालाई पिता भन्दा उच्च स्थानमा मातालाई राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति र सम्मान गरिएकी आमालाई आजको दिन अरु दिनभन्दा मिठो खान र राम्रो लगाउन दिई एक आपसमा आर्शिवाद लिने चलन पनि रहेको छ । यसो त आजको दिन टाढा टाढा रहेका विशेषगरी छोरीहरु आमालाई खुवाउनका लागि माइतीघर जाने गर्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले सञ्चारमाध्ययमबाट आमालाई सम्झिने गर्ने गरिन्छ ।
(माता तिर्थ औसीको शुभ अवसरमा सबै–सबै आमाहरुमा कोटि-कोटि प्रणाम तथा धेरै धेरै शुभ–कामना)
प्रेम जोशी "सागर"
शैल्यशिखर नगरपालिका वडा नं.८ झरकडा दार्चुला घर भई हाल धनगढी कैलाली।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया