सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू—दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङ्ग र डोटी—भौगोलिक रूपमा चुनौतीपूर्ण, सामाजिक–आर्थिक रूपमा संवेदनशील र पूर्वाधारका दृष्टिले अझै पनि पछि परेका क्षेत्र हुन्। यी क्षेत्रको विकास, सेवा पहुँच र समृद्धिको मूल आधार नै "यातायात" हो। तर विडम्बना के छ भने, यही यातायात आज यहाँको सबैभन्दा ठूलो जोखिम र पीडाको कारण पनि बन्दै गएको छ। अव्यवस्थित सडक, कमजोर सवारी मापदण्ड, चालकको न्यून दक्षता, र आकस्मिक उपचार सेवाको अभावका कारण हरेक वर्ष सयौँ नागरिक दुर्घटनामा परिरहेका छन्, दर्जनौँले ज्यान गुमाइरहेका छन्।
यस सन्दर्भमा सुदुरपश्चिम पहाडी क्षेत्रका लागि "यातायात व्यवस्थापन सुधार" र "यातायात दुर्घटना, संकट व्यवस्थापन तथा उपचार केन्द्र (Trauma & Emergency Response Center)" स्थापना अब विकल्प होइन, अनिवार्य आवश्यकता बनेको छ।
----------------
#पहाडी यातायातको यथार्थ
पहाडी सडकहरू प्रायः साँघुरा, घुमाउरा, पहिरो सम्भावित र मर्मतविहीन छन्। धेरै ठाउँमा:
=) सडक बिना इन्जिनियरिङ डिजाइन खोलिएका छन्
=) पक्कीकरण तथा नाली व्यवस्था छैन
=) गार्डरेल, संकेत बोर्ड, र रिफ्लेक्टरको अभाव छ
=) वर्षायाममा सडक अवरुद्ध हुने क्रम नियमित छ
यस्तो अवस्थामा सञ्चालन हुने सवारी साधनहरू पनि अधिकांश:
=( पुराना र मर्मत नगरेका
=) ओभरलोड बोक्ने
=) प्राविधिक परीक्षणबिना चलाइएका
यी सबै कारणले दुर्घटनाको जोखिम दिनप्रतिदिन बढिरहेको छ।
------------------
#दुर्घटनाको सामाजिक र आर्थिक असर
यातायात दुर्घटना केवल एक व्यक्तिको समस्या होइन; यसले समग्र परिवार र समाजलाई प्रभावित गर्छ।
=) घरको मुख्य कमाउने सदस्यको मृत्यु वा अपाङ्गता
=) परिवार गरिबीको चक्रमा फस्नु
=) बालबालिकाको शिक्षा अवरुद्ध हुनु
=) दीर्घकालीन स्वास्थ्य खर्च बढ्नु
यसरी दुर्घटनाले विकासको गतिलाई प्रत्यक्ष रूपमा अवरुद्ध गरिरहेको छ।
---------------
#संकट व्यवस्थापन र उपचार सेवाको गम्भीर अभाव
पहाडी क्षेत्रमा दुर्घटना भएपछि देखिने मुख्य समस्या:
=) एम्बुलेन्स ढिलो पुग्ने वा नपुग्ने
=) प्राथमिक उपचार नपाउने
=) नजिकै ट्रमा उपचार सुविधा नहुने
=) स्वास्थ्यकर्मी र उपकरणको कमी
कयौँ अवस्थामा घाइते व्यक्ति अस्पताल पुग्नुअघि नै ज्यान गुमाउँछन्। यसको अर्थ, "मृत्युको ठूलो हिस्सा ‘उपचार अभाव’ " का कारण भइरहेको छ।
---------------
#यातायात व्यवस्थापन सुधारका प्रमुख आयाम
(क) सडक पूर्वाधार सुधार
=) भू–इन्जिनियरिङ अध्ययनअनुसार सडक निर्माण
=) नियमित मर्मत र स्तरोन्नति
=) जोखिमयुक्त स्थानमा गार्डरेल, पर्खाल र नाली
=) स्पष्ट संकेत चिन्ह र गति सीमा बोर्ड
(ख) सवारी साधन नियमन
=) अनिवार्य प्राविधिक परीक्षण
=) ओभरलोड नियन्त्रण
=) सवारीको उमेर सीमा तोक्ने
(ग)चालक क्षमता अभिवृद्धि
=) पहाडी ड्राइभिङ विशेष तालिम
=) नियमित लाइसेन्स नवीकरण परीक्षण
=) मदिरा सेवन गरेर सवारी चलाउनेमाथि कडा कारबाही
=) समय समयमा नियमित सवारी चालकको मनोविज्ञान परिक्ष्यण
(घ) डिजिटल व्यवस्थापन
=) दुर्घटना तथ्यांक संकलन प्रणाली
=) जीपीएस आधारित सवारी ट्र्याकिङ
=) स्मार्ट ट्राफिक निगरानी
=) विस्तृत दुर्घटना प्रोफाइल तयारी
------------------------
#दुर्घटना, संकट व्यवस्थापन तथा उपचार केन्द्र किन आवश्यक?
यस्ता केन्द्रहरूले:
=) दुर्घटनास्थलमै प्राथमिक उपचार
=) छिटो र व्यवस्थित रिफरल सेवा
=) प्रशिक्षित ट्रमा टिम
=) आवश्यक उपकरणसहितको उपचार सुविधा
उपलब्ध गराउँछन्। यसले "सुनौलो घण्टा’ (Golden Hour)" भित्र उपचार सम्भव बनाउँछ, जसले ज्यान बचाउने सम्भावना धेरै बढाउँछ।
-------------------
#सम्भावित मोडेल
=) प्रत्येक पहाडी जिल्लामा कम्तीमा १ क्षेत्रीय ट्रमा केन्द्र
=) मुख्य राजमार्ग तथा व्यस्त सडक खण्डमा उप–केन्द्र
=) स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्य
=) समुदाय स्वयंसेवकलाई प्राथमिक उपचार तालिम
------------------
#नीति र लगानीको आवश्यकता
सरकारले यातायात र स्वास्थ्यलाई अलग–अलग होइन, "एकीकृत जीवनरक्षा प्रणाली" का रूपमा हेर्नुपर्छ। वार्षिक बजेटमा:
=) सडक सुरक्षा कोष
=) ट्रमा केन्द्र स्थापना कोष
=) मानव संशाधन विकास कार्यक्रम समेटिनु अत्यावश्यक छ।
---------------------
सुदुरपश्चिम पहाडी क्षेत्रको विकासको मेरुदण्ड यातायात हो। तर यही यातायात आज मृत्युदण्डको कारण बनेको छ भने त्यो गम्भीर चेतावनी हो। सडक सुधार, सवारी नियमन, चालक अनुशासन र ट्रमा उपचार केन्द्रको स्थापना एकसाथ अघि बढेमा मात्र सुरक्षित यात्रा सम्भव हुन्छ। "यातायात व्यवस्थापन सुधार र संकट व्यवस्थापन केन्द्रको स्थापना केवल पूर्वाधार परियोजना होइन, यो जीवन बचाउने अभियान हो।" अब ढिलो गर्ने समय छैन। राज्य, समुदाय र सरोकारवाला सबै मिलेर सुरक्षित सुदुरपश्चिम निर्माणतर्फ अघि बढ्नैपर्छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया