नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय नेपाली राजनीतिको एउटा महत्वपूर्ण मोड थियो। परम्परागत दलहरूको सिन्डिकेट र कार्यशैलीबाट वाक्क भएका जनताले एउटा 'विकल्प' खोजेका थिए। तर, संवेग र लहरको जगमा उभिएको त्यो विकल्प अहिले आफ्नै प्रतिनिधिहरूको अपरिपक्वता र असक्षमताको 'गलपासो' मा फस्दै गएको त छैन? यो गम्भीर प्रश्न यतिबेला जनस्तरमा उठ्न थालेको छ।
निर्वाचनको समयमा देखिएको उत्साह र परिणामले धेरैलाई संसदको ढोका त खोलिदियो, तर तीमध्ये कतिपय पात्रहरू नीति निर्माण जस्तो गरिमामय जिम्मेवारीका लागि योग्य थिए या थिएनन् भन्ने कुरा अहिले छताछुल्ल हुँदैछ। राजनीति केवल आवेश र आक्रोशको अभिव्यक्ति मात्र होइन, यो त राष्ट्रको भविष्य कोर्ने प्राज्ञिक र नैतिक अभ्यास पनि हो। पार्टीका साधारण सदस्य समेत हुन योग्य नदेखिने पात्रहरू जब विधायिकाको भूमिकामा पुग्छन्, तब न त्यहाँ विधिको शासनको बहस हुन्छ, न त जनसरोकारका मुद्दाले सही निकास पाउँछन्। यस्तो 'हरिबिजोग' स्थितिले अन्ततः व्यवस्था र परिवर्तनप्रतिकै जनविश्वासलाई कमजोर तुल्याउँछ।
रास्वपाका लागि अबको समय आत्मसमीक्षा र शुद्धीकरणको समय हुनुपर्छ। नेतृत्वले यो स्वीकार गर्नैपर्छ कि—आकस्मिक रूपमा प्राप्त पद र शक्तिलाई व्यवस्थापन गर्न नसक्दा पार्टीभित्रै एउटा अनियन्त्रित बोली र व्यवहारको ठेगान नभएको समूह हुर्किरहेको छ। केवल संख्या बढाउनु वा चर्चामा रहनु मात्रै सफलता होइन। यदि पार्टीले यो समयमा आफूलाई जिम्मेवार शक्तिका रूपमा प्रमाणित गर्न सकेन भने, अर्को चुनावमा जनताले 'नयाँ' हुनुको मात्र लाभ दिने छैनन्।
अबको बाटो स्पष्ट हुनुपर्छ: पार्टीले आफ्ना प्रतिनिधिहरूको बोली व्यवहार,आचरण र कार्यक्षमताको कठोर नियमन गरोस्। आगामी निर्वाचनका लागि अहिलेदेखि नै 'लोकप्रिय' होइन, 'सक्षम' र 'नैतिक' नेतृत्वको खोजी सुरु हुनुपर्छ। नीति निर्माणको थलोलाई हल्का बनाउने छुट कसैलाई छैन। रास्वपाले बुझ्नुपर्छ—राजनीतिमा झुक्किएर आउन सकिन्छ, तर झुक्किएर देश चलाउन सकिँदैन।
पात्रहरूको अक्षमताले गर्दा पार्टी र विचार नै दुर्घटनामा पर्ने जोखिमलाई बेलैमा सम्बोधन गर्नु नेतृत्वको पहिलो प्राथमिकता बन्नुपर्छ। क्षमताहीनहरूको भीड जम्मा गरेर व्यवस्था र अवस्था बदल्ने सपना देख्नु दिवास्वप्न मात्र हुनेछ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया